राष्ट्र संघलाई भारतको सुझावः धार्मिक भेदभाव विरुद्ध अभियान केही धर्महरूसम्म मात्र सीमित राख्नुहुदैन

0
271

काठमाण्डौं ।

संयुक्त राष्ट्र संघले धार्मिक भेदभाव विरुद्ध चलाएको अभियानलाई केही धर्महरूसम्म मात्र सीमित राखेकोमा भारतले कड़ा आपत्ति जनाएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषदको ’हिंसालाई उक्साउनुले अत्याचार अपराधलाई प्रोत्साहन गर्छ’ विषयक बैठकमा भारतको उप स्थायी प्रतिनिधि आर. रवीन्द्रले चेतावनी दिंदै भने, संयुक्त राष्ट्रको अभियान केवल केही धर्महरूसम्म मात्र सीमित हुनुहुंदैन।

भारतीय प्रतिनिधिले भने, घृणा फैलाउने भाषण र भेदभाव विरुद्ध अभियान केही चयनित धर्महरू र समुदायहरूसम्म मात्र सीमित राखिनु हुंदैन। यो सुनिश्चित गर्ने जिम्मेवारी संयुक्त राष्ट्रको हो।

यस्ता अभियानहरूको परिधिमा सबै धर्म र समुदायका प्रभावित मानिसहरूलाई सामेल गरिनु पर्छ। हिंसालाई प्रोत्साहित गर्नु सहिष्णुता र सद्भावको भावना विरूद्ध हो। यसमा कुनै शंका छैन कि आतङ्कवाद सबै धर्म र संस्कृतिहरूको विरोधी हो।

आर. रवीन्द्रले भने, हामीले कट्टरपन्थ र आतङ्कवादको सामूहिक रूपमा सामना गर्नुपर्छ। लोकतन्त्र र बहुलवादको सिद्धान्तहरूमाथि आधारित समाज विविध समुदायहरूलाई एकसाथ रहन एउटा राम्रो वातावरण प्रदान गर्दछ भन्ने कुरा भारतले मान्दै आएको छ।

संवैधानिक दायरामा विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको वैध प्रयोगले लोकतन्त्रलाई बलियो बनाउन र असहिष्णुताको सामना गर्नमा महत्वपूर्ण हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here