तीर्थराज खरेल
देशमा घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नभइरहेको अवस्थामा २०६२/०६३ को जनआन्दोलनमा मूख्य भूमिका खेल्ने राजनीतिक दलहरुको बीचमा असहमति बढेको छ, अविश्वास बढेको छ र जनताको पक्षमा संविधान नबन्ने आशंका बढेको छ । जनतामा शुरु भएको पार्टीहरुप्रतिको निराशा अहिलेको जस्तो पार्टीहरुका गतिविधिले हटाउन सक्ने सम्भावना देखिन्न । राजनीतिक दलका कारणले नै पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकी बिघटन भएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । विगतका सारा कमीकमजोरीप्रति निर्मम रुपमा आत्मालोचित हुादै दलहरु सुधारको बाटोमा जान्छन् भन्ने अपेक्षाका साथ नेपाली जनताले २०७० सालको संविधानसभाको चुनावमा भाग लिएका थिए । जनताका पूरा नभएका अपेक्षाहरु सम्बोधन गर्ने वा गर्न सक्ने मार्गतिर दलहरु लम्कन्छन् भनेर आम नेपाली जनतामा आशा पलाएको थियो । निराशालाई पराजित गर्दै आशा जगाउन सक्ने गरी सन्देश दिन असमर्थ रहे दलहरु । आफूलाई दलहरुले ठीकसाग बुझेर आफ्ना क्रियाकलापहरुलाई यथार्थ बुझाइको प्रकाशमा लैजान सकिरहेको छैनन् । सााचो अर्थमा उनीहरु युगीन आवाजलाई आत्मसात गरेर अघि बढ्न अनकनाइरहेका छन् । विशेष गरी नेपाली कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी लगायतका दलहरुले आफूलाई बुझ्न नसक्दा आजको समस्या आएको हो । मुलुकका समस्यालाई ठीकसाग बुझेर राष्ट्रिय एकता, सार्वभौमसत्ता, क्षेत्रीय, जातीय एकता, भौगोलिक अखण्डता कायम गर्न नसक्ने हो भने संविधान निर्माण गरेर पनि केही हुनेवाला छैन । मुलुक अब बिघटनको बाटोतिर गयो भनेर निष्कर्ष निकालिहाल्नु हतार मात्र होइन, प्रत्युपादक हुनेछ ।
नेपाली कांग्रेस, एमाले र एमाओवादीले जन आन्दोलन र जनयुद्धको उपलब्धीको लेखाजोखा गर्न नसकेर मुलुक दिनप्रतिदिन धरासायी बन्दै गएको हो । सबै मुख्य पार्टीहरु जनआन्दोलन र जनयुद्धको विरासतबाट हुर्केका पार्टी हुन् । हामी जनताको असल प्रतिनिधि हौं भनेर हरेक पार्टी र पार्टी नेतृत्वले दावा गरिरहेको छ । नेपाली जनताको अपेक्षा अनुरुप सबैलाई समेटेर लैजान चौडा छाति बनाउन अहिलेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सकेन र एमाले लगायतका सत्तापक्षीय पार्टीहरु संविधान निर्माण भन्दा सत्ताको आसनमा ध्यान केन्दित गरिरहेको नेपाली जनताको नजरबाट छिपेको छैन । संविधान निर्माणको प्रक्रियामा एमाओवादी जिम्मेवार हुन सकेको छैन । हलो अड्काएर गोरु चुट्ने मानसिकताबाट अघि बढिरहेकै कारण जन अपेक्षा अनुरुप संविधान नबन्ने परिस्थिति बन्दै गएको हो । अर्को पक्षलाई विश्वासमा लिने भन्दा आफ्ना अडान मात्र सार्वजनिक गर्ने काम गरिरहेका छन् पार्टीहरु । अहम्, अविश्वास र सत्तामोहका कारणले आजको विषम परिस्थिति आएको हो । आधुनिक नेपालको निर्माणका लागि रगत बगाउने महान शहीदका आला चिहानमाथि मडारिरहेका काला बादलहरु झनझन काला हुादैछन् । किन बुझ्दैनन् पार्टीहरु ? विषम परिस्थितिलाई देख्न अप्ठ्यारो मानेर यो स्थिति आएको हो । आज शहीदका गौरवगाथाहरु ओझेलमा पर्दै जाादैछन् र रगतले लेखिएका इतिहासका पानाका अक्षरहरु धमिलिंदै गएका छन् । आजको अवस्थामा आशाका किरण छर्ने गरी मुलुकलाई सन्देश दिन न प्रधानमन्त्री सुशील कोइरालाले सके, न राष्ट्रपतिले सके, न संविधानसभाले सकिरहेको छ । यसै कारण जनताको आशा हार्दै गएका छन्, समृद्ध मुलुकको लागि देखेका सपना फगत सपनामै विलिन भइरहेका छन्, जनताका आशा र अपेक्षाहरु अहिले हारेका छन् । संविधानसभाका सदस्यहरुको कार्यसम्पादनबाट नेपाली जनतामा आशाको सम्प्रेषण हुन सकिरहेको छैन ।
हाम्रा राजनीतिक दलहरु आलोचना र आत्मालोचनाको पद्धतिलाई सााचो अर्थमा आत्मासात गर्दैनन् र न उनीहरु आफ्ना कमी कमजोरी स्वीकार्न तयार छन् । गल्तीहरु दोहोरिरहेका छन् आज पनि । विग्रह, बेमेल र द्वन्द्वको विजारोपण गरेर दीर्घकालीन जातीय युद्धको आधार तयार गरेर जानेर वा नजानेर हामी हाम्रै भविष्यमाथि बञ्चरो प्रहार गरिरहेका छौं । द्वन्द्वले अन्तत: जनता वीचको एकतालाई कमजोर पार्छ र त्यतिबेला मुलुक टुक्रिने वा विदेशीको चंगुलमा मुलुक फास्ने वा राष्ट्रिय एकतालाई खलल पुर्याउने निश्चित छ । पार्टीहरुले एकता, मेलमिलाप, सहमति र सहकार्यको सन्देश दिन नसकेमा र आफैभित्रका अस्वस्थ हानथाप, पदप्रतिको अनावश्यक मोह आदिका कारण नेपाली जनतासामु प्रष्टता साथ प्रस्तुत हुन नसकेको कारण आजको अवस्था आएको छ ।
जनताको अपेक्षामा तुषारापात र क्रान्तिको विसर्जन नगर्ने हो भने यथास्थिति सोचलाई भत्काउनै पर्छ । जगजाहेर छ अलगअलग कार्यदिशाको अभ्यास गर्दै दलहरु क्रियाशील छन्, तर पार्टीको दर्शन र विचारभन्दा ठूलो त मुलुक हो, पार्टीभन्दा माथि त नेपाली जनता हुन् । मानिसको जिन्दगीभन्दा प्यारो र मूल्यवान के होला र ! हुनसक्छ जनताले औंल्याएका गल्ती कमजोरीलाई विश्लेषण नगरी गल्ती नै नभएको भावभङ्गिमा अभिव्यक्त गर्ने प्रवृत्ति सबैभन्दा खतरनाक हो । टालटुले नीति लिने हो भने हजारौं हजार शहीदहरुको बलिदान, हजारौंको बेपत्ता स्थिति र गोलीका छर्रा बोकेका घाइते अपाङ्ग र लाखौं नेपालीहरुको त्याग तपस्याबाट प्राप्त आजको उपलब्धी धरापमा पर्ने हुन्छ । यस पटक पनि संविधान नबन्ने हो भने जनताको आशा समाप्ति हुने बाटोमा लाग्छ, राजनीतिक दलप्रतिको बचेखुचेको विश्वास उड्छ र शहीदको बलिदानी रगत पानी भएर खहरे खोला बगे झैं बगेर जान्छ ।
नेपाली जनता समेत सामेल विद्रोहको दश वर्षे जनयुद्ध र कांग्रेस, एमाले समेत सहभागी भएको १९ दिने जनान्दोलनको धक्का माटोमा मिल्दैछ । हामी नेपालीहरु कति चााडै बिर्सन्छौं वा हामीमा चेत छैन कि वा भएर पनि बुझपचाइरहेका हौं कि । डरलाग्दो अतित त्यति धेरै टाढा छैन–ं हजारौं शहीदका चिहानहरु अझै आलै छन् नेपाली धरतीमा, हरेक नेपाली गाउा शहीदको गाउा भएको छ । हजारौं हजारको जीवनको कुर्वानीका अश्रुपुरित मुटु चुाडाउने जीवनका वास्तविक भोगाइहरु हाम्रै गाउाबस्तीमा छन् । शहीद परिवारका हृदयका घाउमा खाटा अझै बसेका छैनन् । हिमाल, पहाड र तराईका फााटहरुमा क्रान्ति, प्रजातन्त्र र लोकतन्त्रका नाममा बन्दूक पड्केको आवाज आज पर्यन्त गुञ्जिरहेका छन्, बगेका रगतका टाटा अझै पखालिएका छैनन् । प्यारा शहीदहरुको सूची कतै असरल्ल बेवारिसे छ । २०६२/०६३ सालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूलभावसहितको परिवर्तन दश वर्षे जनयुद्धको जगमा सञ्चालित संयुक्त जनान्दोलनबाट सम्भव भएको थियो । सााचो अर्थको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनताको महान संघर्षबाट प्राप्त परिवर्तनको महसुस हरेक नेपालीलाई गराउनु आजको मुख्य कार्यभार हो । जनताबाट अलग्गिएर गरेको कमजोरीलाई नसच्चाएसम्म राजनीतिक दलहरु व्यापक रुपमा विस्तारित हुन सक्दैनन् र सााचो अर्थमा जनताको हृदयमा बस्न पनि सक्दैनन् । जनता अभाव, अन्याय र विविध प्रकारका विभेदमा बााच्न बाध्य भइरहेका छन् आज । नेपाली जनताका आशा र अपेक्षाको सम्बोधन नभइरहेको अवस्था छ । आन्दोलनकारी शक्ति बीच सहकार्य भएर अघि जान सक्ने सम्भावना न्यून हुादै गएको छ । मुलुकका सामु उभिएका विराट चुनौति र महान् सम्भावनाको बारेमा घोत्लिएर मुलुकको संक्रमणलाई अन्त्य गर्न आवश्यक छ आज । जनहितकारी संविधान जारी गरी देश निर्माणको खाका र सुस्पष्ट आर्थिक योजना निर्माण गर्न आवश्यक छ । जनताको सर्वाधिक हित हुने ग्यारेन्टी गर्नु आजको मुख्य काम हो । जनताको परिवर्तनप्रतिको चाहना प्रबल छ, तर सो अनुरुप दलहरुले जनताको भावनालाई साथ दिन सकेनन् । निर्माण र पुन:निर्माणको चरणबाट अघि बढ्न हामी प्रयत्नशील हुनुपर्ने समय हो अहिले ।
अहिले नेपाली समाज संक्रमणबाट गुज्रिरहेको छ । समाजका विविध पाटामा नियाल्ने हो भने विखण्डन, अनेकता, टुक्रिने, चोइटिने, चोइटो पार्ने, मन भााच्ने, मन भााचिने लगायतका क्रियाकलापका माझबाट मुलुक अघि बढ्न खोजिरहेको लाग्छ । त्यसकै प्रतिछायाा नेपाली कांग्रेस र एमालेले संघीयता, राज्यको पुन:र्संरचना, शासकीय स्वरुप, चुनाव प्रणाली, न्यायप्रणाली लगायतका विषयका सम्बन्धमा ल्याएको प्रस्ताव हो । लोकतन्त्रमा प्रस्ताव राख्न त पाइन्छ, तर आफ्नो प्रस्ताव नै अन्तिम हो र सबैले त्यो मानिदिनुपर्छ भन्न मिल्दैन, भन्न मिले पनि जोर जबरजस्ती गर्न मिल्दैन ।
नेपालमा अहिले सरकार, अड्डा, अदालत, शिक्षानीति सबैमा संक्रमण रहेको छ, हरेक पार्टीभित्र संक्रमण छ । व्यक्तिवाद, क्षेत्रीयतावाद र श्रेणी मानसिकता सर्वत्र छ । आलोचना र आत्मालोचनाको लोकतान्त्रिक विधि अवलम्बन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक लगायतका नेपाली समाजमा रहेका विभेदलाई सदाका लागि न्यूनीकरण गर्दै अन्त्य गर्न फराकिलो सोचका साथ मुलुकका सम्पूर्ण दलहरु, आम नागरिक समाज, बौद्धिक तप्का र समस्त नेपाली जनता लाग्न आवश्यक छ ।
tirthakharel2028@gmail.com