काठमाण्डौं ।

सयौ चिनीया निक्षेप कर्ताहरुले गहिरो आर्थिक संकटमा परेका बैंकहरुवाट आÇनो पैसा झिक्न खोज्दा प्रदर्शन गर्ने अवस्था उत्पन्न भयो ।
विरोध प्रदर्शनलाई चिनीया प्रसाशनले असफल पारिदिएको छ । चिनको हेनान प्रान्तका चार ग्रमीण बैंकहरुले अप्रिल देखि लाखौ डलरको निक्षेप गरिसकेको छ जसले गर्दा पहिले नै कोभिड तालाबन्दीवाट प्रभावित अर्थतन्त्रमा हजारौ ग्राहकहरुको जिविकालाई खतरामा पारेको छ । हेनानको प्रान्तीय राजधानी झेङगुझाउ शहरमा सयौ निक्षेप कर्ताहरुले धेरै पटक प्रदर्शन गरेका छन तर चिनिया अधिकारीहरुले उनीहरुको मांगलाई वेवास्ता गरिरहेको सिएनएन रिपोर्टमा जनाईएको छ ।
गत साता एक हजार भन्दा वढी निक्षेप कर्ताहरुले देशको केन्द्रीय बैंक पिपुल्स बंैक अफ चाइनाका झेनझयाउ शाखाबाहिर भेला भएपछि ठूलो विरोध प्रदर्शन भएको थियो । आन्दोलन दवाउन सादा पोशाकमा खटिएका सुरक्षाकर्मीकहरुको ठूलो भुमिका रहेको थियो । निक्षेपकर्ताहरुको यो चौथो ठूलो आन्दोलन थियो । जब सम्म केन्द्र र स्थानिय सरकारहरु मध्ये कसले कति शेयर तिर्ने हो ? यसको सहमती नहुन्जेल सम्म आन्दोलन जारी नै रहने सम्भावना छ ।
सुरक्षा चिन्ताका कारण सिएनएनलाई आÇनो नाम बताउन नचाहने एक निक्षेप कर्ताले झिङगझयाउको प्रदर्शनमा खासै अवरोध नगरिए पनी हेनानमा भन्ने दमननात्मक रवैया अपनाएको दावी गेर । हामी आÇनो निक्षेप फिर्ता माग्दै छौं, हामी जनता हौ, हाम्रो गल्ती के हो, कर्मचारीले हामीलाई किन कुटने भन्ने प्रश्न सान्डोङगकी एक महिलाको थियो । कोभिड प्रतिबन्धका कारण चिनमा आवगमनमा प्रतिवन्ध लगाईएको यो पहिलो ठूलो विरोध प्रदर्शन थियो ।
प्रदर्शनकारीहरुले आÇनो आन्दोलनमा रणनितीको पनि प्रयोग गरिरहेका छन् । राष्ट्रिय झण्डालाई हातमा लिएर केन्द्र सरकारको विरोध नगर्ने तर स्थानिय अथवा जिल्ला स्तरिय अधिकारीको विरोध मात्रै गरिरहेका छन् ।
हेनान सरकारको भ्रष्टाचार र हिंसाको विरोध नामक ब्यानरमा यो प्रदर्शन भएको हो । अर्को तिर काल्पनीक ऋण मार्फत गैर कानूनि रुपमा रकम स्थानान्तरण गरेको आरोप पनि लगाईएको छ । केही व्यक्तिलाई पक्राउ पनी गरिएको छ ।






























