नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिकोत्सवमा वृक्षारोपण

0
496

बिराटनगर।

नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिकोत्सवको अवसरमा प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आथित्यमा प्रदेश प्रहरी कार्यालय बिराटनगरको  हाताभित्र वक्षारोपण कार्यक्रममा कपुर, शिरिस, मसला जातका बिरुवाहरु रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक नविनराज राई, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here