कानेपोखरीमा ६२ जनालाई जग्गाको धनीपुर्जा

0
304

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङ्को कानेपोखरी गाउँपालिकाले ६२ जना भूमिहीन, सुकुम्बासी तथा भूमिहीन दलितलाई जग्गाको धनीपुर्जा वितरण गरेको छ। रमाइलो जनएकताको सभाहलमा भएको कार्यक्रममा भूमिहीन, सुकुम्बासी र भूमिहीन दलित ६२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको हो ।

एक कार्यक्रमबीच प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री शशी श्रेष्ठ, कार्यक्रमका विशिष्टि अतिथि भूमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौला र कार्यक्रमका सभाध्यक्ष कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले वितरण गर्नुभएको थियो ।

कानेपोखरी- ६ का भूमिहीन सुकुम्बासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपुर्जा प्राप्त गरेका छन् । नेपाल अधिराज्यभरी कुनै पनि जग्गा नभएको भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई १ कट्ठा देखि ५ कटठासम्म जग्गा धनीपूर्जाको प्रमाणपत्र निशुल्क उपलब्ध गराईएको हो ।

वडा नं ६ को क ब्लकको क्षेत्रमा ६२ जना रहेको वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेतले बताएका छन् । बाँकी अरू २६ जनाले विराटनगर गएर हस्ताक्षर गरेपछि मात्र प्राप्त गर्ने कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले बताउनुभयो। हस्तारक्षर गर्न विराटनगर स्थित जिल्ला समन्वय समितिको कार्यालय भूमि आयोगमा जानुपर्ने भएकोले अन्य जान बाँकी रहेको गाउँपालिकाले जानकारी दिएका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भूमि आयोग केन्द्र र जिल्ला गठन गरेको थियो । जिल्लामा डिपी राई भूमि आयोग अध्यक्ष हुँदा मोरङमा पहिले कानेपोखरी गाउँपालिकामा २०७८ जेठ २१ गते यन्त्री विन्दु स्थापना गर्ने काम सुरु गरेका थिए । यन्त्री विन्दु स्थापना गर्ने काम सुरु भएसँगै पूर्व गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको टिमले तिब्र गतीमा काम सुरु गरेका थिए ।

उस बेला गाउँपालिकाले सुकुम्बासीको समस्या समाधानका लागि प्राविधि खर्च ३६ लाख बजेट विनियोजन गरेका थिए । अहिले सम्म गाउँपालिकाले सुकुम्बासी समस्या हल गर्न प्राविधि खर्च ४५ लाख भन्दा बढी खर्च गरिसकेको वडा नं. ६ का अध्यक्ष खड्ग बस्नेतले बताएका छन् ।

उक्त कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, भूमि आयोग जिल्ला अध्यक्ष सुशिला घिमिरे, भूमि आयोग केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्का, भूमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौला र भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री शशी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here