पथरीशनिश्चरे,
पथरीशनिश्चरे -९ का एक क्यान्सर पीडित बालकलाई वडा नं -२ स्थित स्वर्गीय कूलप्रसाद भट्टराईको स्मृति अक्षय कोषले आर्थिक सहयोग प्रदान गरेको छ।
शुक्रबार बुद्ध चोकमा लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा स्वर्गीय कूलप्रसादकी धर्मपत्नी रत्नकुमारी र छोरा इन्द्रप्रसाद भट्टराईले १५ वर्षका अमिर माझीको थप उपचारका लागि क्यान्सर पीडित बालककी आमा विना माझीलाई नगद २० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
सो कोषले कूल १ लाख रूपैयाँको अक्षयकोष स्थापना गरि कोषको प्राप्त वार्षिक व्याजबाट आर्थिक सहयोग प्रदान गरेको कोषकी संरक्षक तथा वृद्धा श्रीमति रत्नमाया भट्टराईले बताउनुभयो।
गत फागुन महिनादेखि घाटीमा क्यान्सर भएको थाहा पाएपछि हाल उनको ३ महिनायता विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।
सिंह वाहिनी माविमा कक्षा ९ मा अध्ययनरत अमीरको उपचारका क्रममा अतिविपन्न बाबुआमाले आफ्नो कूल २ कठ्ठा जग्गामध्यें १ कठ्ठा जमीन समेत ३ लाखमा बिक्री गरी खर्च गरिसकेका छन्।
हाल पनि सोहि अस्पतालमा उपचाररत बालकको थप उपचारका लागि अरू थप रकम आवश्यक पर्ने भएकोले इच्छुक महानुभावहरुसमक्ष सहयोगका लागि अनुरोध गर्दै सम्पर्क नं ९८१६९१५४२२ र ९८१३९५९६९ उपलब्ध गराउनु भएको छ।
उक्त अवसरमा लर्ड बुद्ध साकोसका अध्यक्ष धनराज राई ‘अमीर ‘को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव महेन्द्र ढुंगाना, व्यवस्थापक गणेश कुमार राई संचारकर्मीहरूको उपस्थिति रहेको थियो।