
महिलाहरुमा उमेर समूह अनुसार मासिक श्राव (महिनावारी) सम्बन्धमा विविध धारणा र विचारहरु रहेको पाइन्छ । झनै पहिलो पटक महिनावारी हुँदा त युवतीहरुमा अनेक त्रास, कौतुहलता र जिज्ञासा हुने गर्दछन् भने उमेर ढल्कँदै गएका महिलाहरुमा महिनावारी रोकिँदा धेरैथरी रोग सम्बन्धी शंका–उपशंका उब्जेर मानसिक विक्षिप्तता देखा पर्दछन् ।
किनकि यो नितान्त व्यक्तिगत र गोप्य समस्याका रुपमा महिलाहरुले ब्याख्या गर्दछन् । स्त्री जातिमा देखापर्ने यो प्राकृतिक प्रक्रिया सामान्यतयाः १३–१४ वर्षको उमेरदेखि नै शुरु हुन्छ । कसै–कसैमा यो प्रक्रिया एकदमै पीडादायी र कष्टकर हुन्छ भने कसै–कसैमा महिनावारी शुरु भएर एक या दुई वर्षपछि बन्द हुने पनि गर्दछ । जसले गर्दा किशोरीहरु बढिमात्रामा निराश र चिन्तित देखिन्छन् । उनीहरुमा गर्भवती भइयो कि भन्ने त्रास उत्पन्न हुने गर्दछ । यस्तो शुरु भएको महिनावारी रोकिने समस्यालाई स्वास्थ्य विधामा एमेनोरीया भन्ने गरिन्छ भने महिनावारी भएको बेलामा अत्यधिक दुखाई हुने समस्यालाई डिस्मेनोरिया भन्ने गरिन्छ । यस्तो समस्या प्रायः स्कूल, कलेजका छात्राहरुमा पाउने गरिन्छ ।
आन्तरिक तथा बाह्य प्रजनन् अङ्गहरुको अपरिपक्वता र शरीरभित्र पैदा हुने रसायनहरुको गडबढिका कारण प्रायः यस्तो कष्टकर मासिक श्राव (महिनावारी) हुने गर्दछ । यो पीडा यस्तो हुने गर्दछ कि किशोरीहरु कुनै बेला बेहोस समेत हुने गर्दछन् । पाठेघर (बच्चादानी) संकुचन तथा त्यसको भित्री तह (भ्लमयmभतचष्गm) निमार्ण गर्न, भत्काउन या टुक्र्याउन अथवा महिनावारी गराउन पाठेघर अण्डाशयमा दुई प्रकारका रसायनहरु (ज्यचmयलभक) पैदा हुने गर्दछन् । जुन मस्तिष्कद्वारा नियन्त्रित हुन्छ । यी दुई रसायनहरु (इभकतचयनभल बलम एचयनभकतचयलभ) बाहेक वंशाणुगत, पोषण तथा वातावरणीय पक्षहरुको पनि त्यतिकै महिनावारीमा भूमिका हुने गर्दछन् ।
सामान्यतयाः अण्डाशय (इखबचथ)ले उत्पादन गरेको अण्ड (इखब) फर्टिलाईजेशन नभएमा (पुरुषको वीर्यसँग मेल नभएमा) पाठेघरको ओसिलो र नरम भित्री तह टेक्रिन्छ र महिनावारीको रुप देखा पर्दछ । यही बेला पाठेघरको परिपक्वता नभएमा र माथिका दुई रसायनहरुको सन्तुलन बिग्रिएमा तल्लो पेट बढी दुख्ने गर्दछ भने भित्री तहमा कुनै खराबी आएमा बढि रक्तश्राव हुने गर्दछ । किशोर अवस्थामा महिनावारी नै नहुनु धेरै कारणहरु हुने गर्दछन् यदि शारीरिक सम्पर्कको इतिहास छैन भने रगतको कमी या अण्ड उत्पादन प्रक्रियामा गडबढी आएको हुनुपर्दछ ।

त्यसैगरी पाको उमेर या ४० वर्षको उमेरपछि प्रायः ५० वर्षसम्ममा महिनावारी एक वर्षभन्दा बढी हुँदैन या रोकिन्छ भने यसलाई पनि सामान्य प्राकृतिक प्रक्रियाको रुपमा लिनु पर्दछ । जसलाई स्वास्थ्य विज्ञहरुले मेनोपेजको संज्ञा दिने गर्दछन् । यस बेलामा महिलाहरुमा रिस उठ्ने, चिड्चिडोपन हुने, चिट–चिट पसिना आउने, छिन–छिनमा गर्मी भयो भन्ने, निन्द्रा नलाग्ने, मनमा नकारात्मक कुराहरु आउने, आत्मबलमा कमि आउने, यौन सम्पर्कमा रुची नहुने, योनी सुख्खा हुने, सम्पर्कको बेला पीडा हुने इत्यादि समस्याले ग्रसित बनाउने गर्दछ । महिनावारी पन्ध्र–पन्ध्र दिनमा हुने, कसैमा तीन–तीन महिना वा कसैलाई छ–छ महिनामा हुने गर्दछ । कसै–कसैलाई धेरै रगत बगेर हस्पिटल नै भर्ना हुने अवस्था समेत आउन सक्दछ ।
मेनोपज या महिनावारी रोकिने उमेर पछाडि या रोकिएपछि महिलाहरुलाई आवश्यकता अनुसार शारीरिीक व्यायामको जरुरी पर्दछ भने खानपानमा विशेष विचार पु¥याउनु पर्दछ । यस्ता महिलाहरुले आफ्नो खानामा चिल्ला तथा गुलिया पदार्थहरु कम गर्दै फलफूल, सागपात, सीमी, मस्यौरा, भटमास इत्यादि जस्ता खानेकुरामा प्राथमिकता दिनु पर्दछ । त्यस्तै कम चिल्लो पदार्थ मिसिएको डेरी उत्पादनहरु, माछा, च्याउ, ब्रोकाउली, ओखर, बदाम, पेश्ता इत्यादीको सेवन उपयुक्त हुन्छ । व्यायाममा आफ्नो जीवनशैली परिवर्तन गर्दै साइकिलिङ, सुइमिङ, मर्निङ वाक, गल्फ, टेनिस इत्यादिलाई प्राथमिकता राखखेर शरीरलाई तन्दुरुस्त राखी मन बहलाउनु पर्दछ । मेनोपज पछाडि फोहोर पानी बग्ने, गन्हाउने, पाठेघर झरेको जस्तो अनुभव हुने, तल्लो पेट धेरै फुलिए जस्तो लाग्ने र तिखो प्रकारले दुख्ने भएमा भने विशेष प्रकारका उपचार पद्धति अपनाउन जरुरी छ ।
किशोरीहरुमा भने महिनावारीमा हुने धेरै पीडा (डिस्मेनोरीयामा) दुखाई कम गर्ने औषधि केही दिन आवश्यकता अनुसार सेवन गर्न सकिन्छ भने महिनावारी रोकिने समस्या (एमेनोरीया) आफै विस्तारै सन्तुलनमा आउन सक्दछ । तर, किशोरी अवस्थामा हुने अधिक रक्तश्रावसँगैको पीडा लामो समयसम्म भएमा भने स्वास्थ्य संस्थाहरुबाट रगत बढाउने आइरन चक्की लिएर सेवन गर्दै कतिपय अवस्थामा महिला रोग विशेषज्ञको उपचार पद्धति अपनाउनुपर्ने हुन्छ । यसरी किशोरीहरुले तथा महिलाहरुले महिनावारीमा हुने विभिन्न अवस्था र पक्षहरुलाई एक प्राकृतिक प्रक्रियाको रुपमा समायोजन गर्दै आफ्नो सहपाठी एवम् सहकर्मीलाई प्रष्ट पार्न र चेतना जगाउन जरुरी छ । saritadhakal2041@gmail.com


























