पथरीशनिश्चरेमा मिनी महोत्सव आयोजना हुने

0
197

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा हाम्रो गाँउ, उज्यालो बनाऔं अभियान सहयोगार्थ मिनी महोत्सब -२०७९ हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै सो कुराको जानकारी दिईएको हो । उक्त अवसरमा पथरीशनिश्चरे -१ स्थित रहेका प्रमुख चोक र टोलमा रहेका सडक बत्ति जडान गरी उज्यालो कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मिनी महोत्सवको आयोजना गरिएको जानकारी दिईएको थियो।

पथरीशनिश्चरे -१ मा रहेका फुलवारी समाज समुह तथा भुल्र्के समाज समुहको सह – कार्यमा आगामी पुस -३ गतेदेखि २० गतेसम्म महोत्सव संचालन गरिने मुख्य आयोजक सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले जानकारी दिनुभयो।

पथरी बजार क्षेत्रमा हाल काम नलाग्ने अवस्थामा रहेका सिसी क्यामेराहरू समेतको मर्मतसम्भार गर्ने र रातमा उज्यालो बत्ती बाल्ने र अपराधिक क्रियाकलाप न्युनीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्नका लागि २ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता भैसकेको राईले बताउनुभयो।

महोत्सवको अवधिभर मिनी सांस्कृतिक कार्यक्रमहरु,बाल बालिकाहरूको लागि वाल उद्यान आदि संचालन गरिनेछ। साथै, स्थानीय कलाकारहरुको साथमा राष्ट्रिय स्तरका लोकप्रिय गायक -गायिकाहरुको बेजोड प्रस्तुति गराउन पनि प्रयास भैंरहेको अध्यक्ष राईले बताउनुभयो। महोत्सव वडा नं १ स्थित जानते मोडमा रहेको रंगशालालाई नगरपालिकाको समन्वयमा प्रयोग गरिने भएको छ ।

उक्त सम्मेलनमा सुनाखरी युवा क्लवका सचिव मन बहादुर लुम्फुवा लिम्बु, सदस्यद्वय जोन लिम्बु र विकास राई , फुलवारी समाज समुहका रोशन हाङबाङ ,भुल्के समाजका दिपेश थापा समेतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here