विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

0
278

काठमाण्डौं ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुन सक्ने बताएका छन् । एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले आफूले विदेश भ्रमणको थालनी भारतबाट गर्ने बताएका हुन् ।

उनले आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर बधाई दिएको पनि खुलाए। उनले भने ‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई पहिलो बधाई भारतीय राजदूतले फोन गरेर दिएका थिए ।

त्यसलगत्तै भारतीय प्रधानमन्त्रीले ट्विट गरेर बधाई दिनुभयो। नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ। हामीले मिलेर कयौँ काम गर्नुछ। त्यो काममा हामी लाग्नेछौँ। र प्रधामन्त्री भएपछि पहिलो अन्तर्वार्ता पनि मैले भारतीय टेलिभिजनलाई दिँदै छु ।’

उनले अहिलेको सरकार प्रो चाइनिज भएको कुरा अस्वीकार गरेका छन् ।‘यहाँ कोही प्रो चाइनिज, प्रो इन्डियन, प्रो अमेरिकन छैन । अब हामी सबै छिमेकीलाई मिलाएर लैजान्छौँ।’

यस्तै प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नयाँ नक्सा जारी गर्नेसहितका कदम इतिहास भइसकेको समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here