अर्जुनधारा ।

झापाको अर्जुनधारामा सम्पन्न भएको सामुदायिक मावि(९–१०)को नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालय(अर्जुनधारा–८) प्रथम भएको छ ।
जम्मा विद्यालय ९ वटा मध्ये ७ वटाको सहभागिता रहेको उक्त प्रतियोगितामा जनता माध्यमिक विद्यालय(अर्जुनधारा–२) द्धितीय र सिंहदेवी माध्यमिक विद्यालय(अर्जुनधारा–१) तृतीय भएको छ ।
नगरपालिका अन्र्तगतको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।
प्रतियोगिताको सञ्चालन एवम् सहजिकरण शिक्षक सुशिल ढुङ्गेलले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईलगायतले मन्तव्य राखेका थिए ।
शाखाकी अधिकृत सुनिता भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्राविद्यिक सहायक समिरा दाहालले गरेकी थिइन् ।































