पथरीका डिएसपी गौतमको धनुषा सरुवा: पथरीमा  डिएसपी लक्ष्मी भण्डारी आउने

0
299

पथरीशनिश्चरे, 
मोरङ्गको पथरीशनिश्चरे स्थित इलाका प्रहरी कार्यालयका प्रमुख एवम्  प्रहरी नायव उपरीक्षक ( डिएसपी ) वेदप्रसाद गौतमको धनुषा सरुवा भएको छ ।
१० महिनाअघि पथरी प्रहरीको नेतृत्व सम्हाल्न आएका गौतमले रमना लिएर बुधबार पथरीबाट जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा भएको हो।
पथरीशनिश्चरे नगरपालिकामा ईलाका प्रहरी कार्यालय पथरीमा २०७८चैत्र २७ गतेदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका डिएसपी गौतमको कार्यकाल  सफल नै मानिएको छ । साथै, उनीमाथि नागरिकले शान्ति सुरक्षाको महसुश गरेका थिए ।  डिएसपी गौतम गत बैशाख -३० गते सम्पन्न स्थानीय तहको निर्वाचन र अस्ति मंसिर -०४ गते भएको प्रदेश-सभा तथा संघीय सभा सदस्य पदको लागि सम्पन्न निर्वाचनमा कुशल प्रहरी प्रमुख तथा प्रभावकारी रुपमा पदीय जिम्मेवारी निर्वाह गर्दै आम पथरीशनिश्चरे नगरवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सफल मानिन्छन्।
साथै, आम पथरीशनिश्चरेवासीले  लागुऔषध सेवन तथा  दुर्व्यसनीको बढ्दो क्रमलाई नियन्त्रण गर्न र  अवैध लागु पदार्थको व्यापारिक( कारोवार) केन्द्र बन्दै गएको पथरीशनिश्चरे र आसपासका क्षेत्रहरूमा समेत सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेर दुर्व्यसनका गतिविधि नियन्त्रणमा लिइएका थिए।
डिएसपी गौतम सरुवा भएर गएपछि इप्रका पथरीको नेतृत्व गर्न को आउने हुन् ? भन्ने विषयमा प्रहरी स्रोतले टुंगो नभएको जनाएको छ ।यस अघि नेपाल प्रहरी स्कुलको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धान विभागमा राम्रो छवि बनाएका  डिएसपी लक्ष्मी भण्डारी  आउन सक्ने सम्भावना प्रहरी स्रोतले जनाएको छ।
यसैबीच,  उहाँको  सम्मान तथा आगामी कार्यकाल सफल रहोस् भन्दै आजै पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देवी माया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्ष भीम कुमार राई, संचारकर्मीहरु समेतले  शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न भएको  इप्रका पथरीका निमित्त कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here