अर्जुनधारा–६ सेमिफाइनलमा

0
321

अर्जुनधारा, शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा अर्जुनधारा–६ पुग्न सफल भएको छ ।


अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा बुधबार सम्पन्न खेलमा अर्जुनधारा–९लाई १–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–६ सेमिफाइनलमा पुग्न सफल भएको हो ।
अर्जुनधारा–६को जीतका लागि खेलको १०औं र ६२औं मिनेटमा इश्वर मेचेले दुई गोल गरेका थिए । थप एक गोल खेलको ३५औं मिनेटमा सुजन गौतमले गरेका थिए ।
अर्जुनधारा–९का लागि खेलको ११औं मिनेटमा कृष्ण भूजेलले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका सुजन गौतमलाई उत्कृष्ट खेलाडी पुरस्कारका दाता अर्जुनधारा–९स्थित बालज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुँवर, पूर्व फुटबल खेलाडी टिका पोखरेललगायतले संयुक्तरुपमा एक जोर बुट हस्तान्तरण गरेका थिए ।
भोलि(बिहीबार)को खेल अर्जुनधारा–३ र अर्जुनधारा–७बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here