‘वाटर किङडम पार्क संस्कृति उत्थान महोत्सवको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने

0
195

झिलझिले , पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाको शिवसताक्षी आउँने भएका छन् । झिलझिलेमा रहेको वाटर किंङ्डम पार्कले आयोजना गर्ने‘वाटर किङडम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ को उद्घाटन गर्न ओली झिलझिले आउने भएका हुन् । उनले यसअघि पनि वाटर किङ्डम पार्कको उद्घाटन गरेका थिए ।
वडा नम्बर ८ स्थित वाटर किंङ्डम पार्क एण्ड रिसोर्ट प्रालिले आयोजना गर्ने महोत्सव फागुन १ देखि ५ गते सम्म संचालन हुने छ । यो महोत्सव पृथक हुने अनुमान गरिएको छ । ओलीले नेपालको सबै भन्दा अग्लो राष्ट्रिय झण्डा फहराएर महोत्सवको उद्घाटन गर्ने कार्यतालिका बनेको पार्कका संचालक राजकुमार संग्रौलाले बताए । ओली नेकपा एमालेका केन्द्रिय अध्यक्ष समेत हुन् ।
पार्कका अनुसार महोत्सवको उदघाटनको दोश्रो दिन राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल महोत्सवलाई आकर्षण दिन आउने छन् । यस्तै ३ गते १ नम्बर प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की र ४ गते उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङदेन आउने कार्यक्रम रहेको । छ । लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष हुन भने, उनि झापा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत हुन् ।
५गते नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आउने छन् । उनि झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हुन् ।


केन्द्र तहमा राजनीति गर्ने वा सरकारको महत्वपुर्ण जिम्मेवारीमा रहेका उच्च पदस्थ अकिकारी तथा नेता महोत्सवमा सहभागि हुने झापामा यो पहिलो हो । यो संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति कमाएका कलाकारले महोत्सवमा प्रस्तुती दिने छन् । महोत्सवमा मनोज गजुरेल, ह्वील्सन विक्रम राई लगायतका कलाकार आउने छन् । महोत्सव अवधीभर पार्कमा कुनै पनि मनोरञ्न शुल्क लाग्ने छैन ।
आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्स आयोजना गरिएको पार्क संचालक राजकुमार संग्रौलाले बताए । उनले भने, ‘कम्तिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्नेछन् ।’
विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपीलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सवको आयोजना गरिएको पार्क सञ्चालक संग्रौलाले बताए ।

उनले महोत्सवमा प्रत्येक दिन अलग अलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियार, पोशाक, लिपीहरुको प्रदर्शनी गरिने बताए । महोत्सव अवधिभर पार्कले सर्वसाधरणकालागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

उहाँले महोत्सवको अन्तिम दिन पूर्व मै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने जानकारी दिए । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उहाँको भनाई छ ।

यो पार्क २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब ५७ करोडको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक बर्षमा एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।

उनले युवाहरुलाई समयसापेक्ष व्यवसायिक सिप माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिष्टालगायतका सीटिइभीटीबाट मान्यताप्राप्त व्यवसायिक कोषको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।

पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइक्लिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिने गरिएको उनको भनाई छ । प्रदेश नम्बर १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधासम्पन्न होटल,लज, रेस्टुरेन्ट, पार्टी प्यालेससमेत सञ्चालनमा छ ।

महोत्सव अवधिभर विएण्डसी अस्पतालको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने पार्ककी संचालिका मेनुका संग्रौलाले बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here