राजगढलाई दोस्रो मंगल मर्डी सन्थाल स्मृति फुटबल प्रतियोगिताको उपाधि

0
309

अर्जुनधारा, राजगढ सन्थाल फुटबल क्लब बा¥हदशीले झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरिय दोस्रो मंगल मर्डी सन्थाल स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
अर्जुनधारा–९स्थित नमूना युवा क्लबको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ताडाम लाहा सन्थाल फुटबल क्लब भद्रपुरलाई टाईब्रेकरमा २–४ गोल अन्तरले पराजित गर्दै बा¥हदशीले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो । प्रतियोगिताका विजेता बा¥हदशी र उपविजेता भद्रपुरले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा फाइनल खेलका म्यान अफ दी म्याच श्याम मुर्मु सन्थाल(बा¥हदशी), बेस्ट गोलकिप्पर सुरेश हस्दा सन्थाल(भद्रपुर), बेस्ट डिफेन्स पर्वत मर्डी सन्थाल(भद्रपुर), बेस्ट मिडफिल्डर अमित मुर्मु सन्थाल(बा¥हदशी), हाएस्ट स्कोरर गणेश हेमरम सन्थाल (बा¥हदशी), फेयर प्ले टिम(अर्जुनधारा सन्थाल फुटबल क्लब) र राईजीङ प्लेयर प्रकाश हस्दा सन्थाल(नमूना सन्थाल फुटबल क्लब) घोषित भएका थिए ।
आयोजक नमूना सन्थाल फुटबल क्लबका अध्यक्ष राम मुर्मु सन्थालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, सदस्य टेकराज सुब्बा, सामाजिक व्यक्तित्व जगत राना मगरलगायतले खेलाडीहरुलाई पुरस्कारहरु वितरण गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न सहयोग प्रदान गर्ने विभिन्न दाता र संस्थाहरुलाई सम्मानित गरिएको उक्त कार्यक्रमको सञ्चालन पत्रकार रञ्जित परियारले गरेका थिए । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १४ वटा टिमको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here