चीनमा विदेशी लगानी न्यून बिन्दुमा

0
98

काठमाण्डौं । 

चिनियाँ नीतिको कारण विगत १८ यता चीनमा विदेश लगानी गर्नेहरुको संख्या अत्यन्तै न्यून भएको पाइएको एक रिपोर्टमा उल्लेख गरिएको ।

एक जापानी अखवारको अनुसार चिनियाँ नीतिको कारण विदेशी लगानीकर्ताहरु चीनबाट आफनो हात झिकेको कारण विगत १८ बर्षको अति न्यून विदेश लगानीमा सिमित हुनु परेको हो ।
जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएअनुसार चीनमा सन् २०२२ को दोस्रो अर्धवार्षिक अवधिमा प्रत्यक्ष विदेशी लगानीमा ७३ प्रतिशतले कमी आएको छ ।

चीनको आधिकारिक तथ्यांक उद्धृत गर्दै निक्के एसियाका अनुसार सन् २०२२ जुलाई देखि डिसेम्बर महिना सम्म चीनमा ४२ अर्ब ५० करोड डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यो सन् १९९९ यताको सबैभन्दा न्यून रहेको जनाइएको छ ।

यस अवधिमा चीनबाट अन्य देशमा हुने विदेशी लगानीमा भने २१ प्रतिशतबाट वृद्धि भएको छ । जस अनुसार चीनबाट अन्य मुलुकमा ८४ अर्ब २० करोड डलर बराबरको लगानी भएको छ ।
पछिल्ला केही वर्षमा युरोपबाट चीनमा लगानी लगभग ठप्प रहेको न्यूयोर्कमा रहेको वित्तीय विश्लेषण गर्ने रोडियम समूहले उल्लेख गरेको छ ।

अन्य कम्पनीहरुले चीनमा आफ्नो लगानी घटाएका छन् भने केही कम्पनीले चीनमा आफ्नो गतिविधि ठप्प पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here