‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन चैत्र २९ गते बुधाबारबाट सुरु हुँदै

0
63

झापा, ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन चैत्र २९ गते बुधाबारबाट सुरु हुने भएको छ । गायन र नृत्यको क्षेत्रमा नगरपालिका भरिबाट उत्कृट प्रतिभा छनोट गर्ने लक्ष्यकासाथ आयोजना भएको प्रतियोगिताको पहिलो चरणको अडिसन भोलि बुधबारबाट सुरु हुने भएको हो ।

प्रतियोगिताको पहिलो चरणमा चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म चार वटा वडामा अडिसन हुनेछ । जस अन्तर्गत २९ गते अर्जुनधारा १, २ र ३ नम्बर वडाकालागि खुदुनाबारी बजारस्थीत जनता मा।वि।मा पहिलो चरणको अडिसन हुने आयोजक संस्था सारेगम कला केन्द्रका संचालक तथा प्रतियोगिताका संयोजक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ६, ८ र ९ का लागि चैत्र ३० गते बिहिबार शनिश्चरे मा।वि।मा अडिसन हुने छ । त्यस्तै वडा नम्बर ४, ५ र ७ का लागि बैशाख २ गते सूर्यज्योति स्कुलमा पहिलो चरणको अडिसन हुने बताइएको छ । यस्तै वडा नम्बर १० र ११ का लागि बैशाख ३ गते सालबारी मा।वि। मा पहिलो चरणको अडिसन हुने छ ।

प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतिस्पर्धा गर्न पाउने छन् ।

पहिलो चरणको अडिसनबाट दोस्रो चरणका लागि ११० जना, तेस्रो चरणका लागि ५० जना र चौथो चरणका लागि २५ जना छनौट गरिने बताइएको छ । छनौट भएका टप २५ जनाको प्रस्तुती युट्युबमार्फत् सार्वजनिक गर्ने र उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ । दुवै विधाका पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने छ ।

‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ को चौथो चरणसम्मका निर्णायकहरुमा गायनतर्फ दिपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज सुब्बा, रोहित लाम्गादे र अञ्जली माझी रहने बताइएको छ । फाइनलको लागि राष्ट्रियस्तरका निर्णायकहरु रहने आयोजकले बताएको छ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा हुने प्रतियोगितालाई अर्जुनधारा नगरपालिले विशेष सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here