सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्न वडा कार्यलयमा छलफल

0
58

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ का सबै सामुदायिक विद्यालयहरुको प्रबिधिमैत्री शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले छलफल कार्यक्रम भएको छ।

वडा नं ८ को वडा कार्यालयमा वडा अध्यक्ष नवीन कार्कीको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो। छलफलमा वडास्तरिय शिक्षा समिति गठन गरिएको छ भने सामुदायिक विद्यालय सुधार गुरु योजना निर्माण गर्नको लागि उपसमिति समेत गठन भएको छ ।

उपसमितिमा पुर्व शिक्षक खगेन्द्रप्रसाद दहालको संयोजकत्वमा पुर्व गाबिस सचिव बौद्धमान थापा, पुर्व शिक्षकहरु काशिदत्त अधिकारी, निलकण्ठ सुवेदी, युवा समाजसेवी विरबहादुर तुम्सा (सागर), शिक्षिका गंगा नेम्बाङ् र सदस्य सचिवमा शिक्षक रामदेव चौधरीलाई मनोनित गरिएको छ ।

यसै चालू आर्थिक वर्षको तीन महिनालाई विशेष महिनाको रुपमा विद्यालयीय ब्यवस्थापनमा लगाउन प्रधानाध्यापकहरुलाई वडा अध्यक्ष कार्कीले निर्देशन समेत दिएका छन् ।

छलफलमा बुद्ध माबिका प्रधानाध्यापक बोधराज सिग्देल, दुर्गा आ.बि. का प्रधानाध्यापक टिकाराम काफ्ले, मिलन आ. बि. का प्रधानाध्यापक कैलु नुनिया, विद्यालय ब्यबस्थापन समितिको तर्फबाट प्रकाशबहादुर कार्की, नारायण पाण्डे, तेजेन्द्र पाण्डे, वडा सदस्यहरू बाबुराम चौधरी, झमकबहादुर लिम्बू, शान्ता योङ्हाङ, शिवकुमारी बि.क., वडा सचिब असोक कार्की लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here