राष्ट्रिय रग्बी प्रतियोगिता इलाममा

0
139

सुनिता राई
इलाम,

इलामको माई नगरपालिकामा आगामि जेठ २६ गतेबाट यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ ।

माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्बन्धी पत्रकार सम्मेलन गर्दै जानकारी यस्तो दिइएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लवका महिला तथा पुरुष खेलाडी सहभागी हुने छन् । नेपाल रग्बी संघको आयोजना तथा प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन रहने छ ।

प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ । प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिए । केन्द्रिय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

संघीयताको पूर्ण अभ्यास स्वरुप जिल्ला जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना अघि बढाउनु सकारात्मक रहेको माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।

इलाममा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए । प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुनेछ ।

नेपाल रग्बी संघले भर्रखरै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूर्ण साबित हुने आयोजकले अपेक्षा लिएको छ । नेपालले यसअघि २०१४ मा एशिया रग्बीको एसोशियस्ट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो ।

नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालन संगै घरेलु प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । गत भदौमा एशिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिस पछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here