दमक बहुमुखीलाई अन्तर कलेजस्तरीय क्रिकेटको उपाधि

३१ बैशाख २०८०, आईतवार मा प्रकाशित

दमक,

नेपाल बिद्यार्थी संघले झापाको कमलमा आयोजना गरेको जिल्लाव्यापी अन्तर कलेजस्तरीय दुई दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ ।

नेविसंघ कमल गाउँ समितिले निर्माणाधिन आदिवासी रंगशालामा सञ्चालन गरेको प्रतियोगिताको फाइनलमा काँकरभिट्टा बहुमुखी क्याम्पसलाई २४ रन अन्तरले हराउँदै दमकले उपाधिमाथि कब्जा जमाएको हो । दमकले १०४ रन बनाएको थियो भने काँकरभिट्टा ८० रनमा सिमित भएको थियो ।

उपाधिसँगै दमक बहुमुखी क्याम्पसले नगद १५ हजार रुपैयाँ राशीको पुरस्कार ट्रफी र मेडल हात पारेको छ भने उपविजेता काँकरभिट्टाले १० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगिताको विजेता टिमलाई नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले नगद पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरे ।

उपविजेता टिमका खेलाडीहरुलाई नेविसंघ झापाका सभापति सञ्जय निरौलाले पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सो प्रतियोगिताको म्यान अफ दि म्याच दमक बहुमुखी क्याम्पसका सुरज न्यौपाने र म्यान अफ दि सिरिज काँकरभिट्टाका आशिक रानामगर घोषित भए । उनीहरुलाई पनि नगद पुरस्कार र मेडल प्रदान गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here