लक्ष्मी भण्डारी,
झापा ।

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयरपुँजी एक अर्ब ६३ करोड ६४ लाख २१ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले दिएको जानकारी अनुसार ०८० जेठ मसान्तसम्ममा संस्थाको शेयरपुँजीको रकम सो अंकमा पुगेको हो । सहाराका कूल शेयर सदस्य संख्या एक लाख ५८ हजार आठ सय ३९ पुगेका छ । संस्थाले जेठ मसान्तसम्म अर्थात् ११ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
संस्थाको जगेडा कोष १ अर्ब ११ करोड २१ लाख ६६ हजार आठ सय ४० रुपैयाँ पुगेको छ । कूल बचत १० अर्ब ९० करोड ७२ लाख ६ हजार एक सय ७० रहेको छ भने लगानीमा रहेको ऋण ११ अर्ब पचास करोड ६० लाख १० हजार सात सय दुई रुपैयाँ रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए । संस्थाको कूल ऋणी सदस्य ७९ हजार पाँच सय १३ जना रहेका छन् ।
त्यस्तै कूल संस्थागत पुँजी एक अर्ब १३ करोड ७९ लाख ८४ हजार ६ सय २७ रुपैयाँ रहेको छ । विभिन्न कोषहरुको जम्मा रकम ४३ करोड ६१ लाख २१ हजार आठ सय ३२ रुपैयाँ पुगेको छ । संस्थाको कूल सम्पत्ति १५ अर्ब ४५ करोड १६ लाख २९ हजार पाँच सय रहेको छ । तरलता रकम भने दुई अर्ब ७६ करोड ९७ लाख २५ हजार तीन सय ७६ रुपैयाँ रहेको छ ।
तरलता प्रतिशत २५.३९ रहेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । संस्थाको बाह्य ऋण ६२ करोड १५ लाख ५८ हजार नौ सय ५१ रुपैयाँ रहेको जनाइएको छ ।






























