युवालाई आत्मनिर्भर बनाउन होटल व्यवस्थापन तथा खाना पकाउने तालिम

0
223

अर्जुनधारा ।

स्थानीयस्तरमा रहेका युवालाई सीप प्रदान गरि उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले झापाको अर्जुनधारा–३स्थित खुदुनावारीमा निःशुल्क तीन दिने होटल व्यवस्थापन तथा खाना पकाउने तालिम सोमबारदेखि शुरु भएको छ ।

स्थानीय अर्जुनधारा कम्प्युटर इन्स्टिच्युट प्रा.लि.को आयोजनामा वडा कार्यालयको सभाहलमा आयोजित उक्त तालिमको वडासचिव खगेन्द्र लिङदेनले उद्घाटन गरेका थिए ।

तालिममा प्राविधिक सहयोग बिर्तामोड–३ स्थित आदर्श स्कूल अफ म्यानेजमेन्ट र सामाजिक संगठनात्मक सहयोग बिर्तामोडस्थित सुरुवाती कोठा नेपालको रहेको आयोजक अर्जुनधारा कम्प्युटरका प्रबन्ध निर्देशक अर्जुन लामिछानेले जानकारी दिए ।

प्रशिक्षकद्वय सेफ भूवन दंगाल र सेफ अनुसा खरेलले प्रशिक्षण दिने तालिममा ८० जना प्रशिक्षार्थीको सहभागीता रहेको बताइएको छ ।

तालिममा होटल व्यवस्थापनको परिचय, खाना पकाउने कला, काटन, खाद्य सुरक्षा, सेफको भूमिका, विभिन्न खानाका परिकार, आतिथ्य सत्कार तथा त्यसको भूमिकालगायतका विषयमा जानकारी दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here