ग्लोवल आइएमई बैंक बिर्तामोडमा ताला

0
202

झापा, राष्ट्र, राष्ट्रिता नागरिक बचाऔं अभियानका अभियान्ताहरुको अगुवाइमा झापाको बिर्तामोडस्थित ग्लोवल आइएमई बैंकमा सोमवार तालबन्दी भएको छ । बैंकमा लगाइएको ताला इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरीले तोडेर कारोवार सुचारु गराएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार तालावन्दी गरिएको ठाउँमा राष्ट्र, राष्ट्रियता नागरिक बचाऔं अभियानको पर्चा फेला परेको छ । बैंकमा लगाइएको ताला जनप्रतिनिधिहरुको रोहवरमा प्रहरीले तोडेको हो । बैंकमा सोमवार विहान १०ः३० तालावन्दी गरिएको थियो भने १२ बजे ताला खोलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here