स्नुकर च्याम्पियनसिप शुरु

0
162

बिर्तामोड ।

झापाको बिर्तामोडमा बिहीबारदेखि प्रदेश १ स्तरीय स्नुकर च्याम्पियनसिप २०८० शुरु भएको छ । बिर्तामोड स्नुकरले आयोजना गरेको प्रतियोगितामा ९६ जना प्रतिस्पर्धी छन् ।

प्रदेशका ८ जिल्लाका खेलाडी सहभागी प्रतियोगिताको उद्घाटन पूर्व खेलाडी चित्रप्रकाश राईले गरेका थिए । उनले सन् १९९९मा मेचीमै पहिलोपटक स्नुकर बिर्तामोडमा भित्र्याएका थिए । चित्रप्रकाशसँगै सञ्जय राई र पूर्ण सुब्बाले बिर्तामोडमा हार्ड रक्स स्नुकर सञ्चालन गरेका थिए ।

प्रतियोगितामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, भोजपुर र उदयपुरका खेलाडी सहभागी रहेको आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र ट्रफी पाउने छन् । यसैगरी, रनरअपले नगद २५ हजार र ट्रफी पाउँदा हाइएस्ट ब्रेकर र बेस्ट प्लेयरले जनही १० हजार र ट्रफी पाउने छन् । प्रतियोगितामा झापाका मात्र ५२ जना सहभागी छन् ।

आवास सुविधा समेत दिइएको प्रतियोगिताको सेमीफाइनल खेलबाट बाहिरिने दुई खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको सहभागी तथा झापा जिल्ला बास्केट बल संघका अध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए ।

उनीहरुले जनही ५ हजार रुपैयाँ पाउने छन् । कार्यक्रममा पुराना खेलाडी तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, बिर्तामोड–४का वडाध्यक्ष राहुल शर्मालगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन युवा व्यवसायी कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here