मिस्टर एण्ड मिस एसईईका बिजेताहरुलाई छात्रबृत्ति

0
131

बिर्तामोड ।

बिर्ता मिडिया प्रालिद्वारा आयोजित कार्यक्रम मिस्टर एण्ड मिस एसईई–२०२३ प्रदेश १का बिजेताहरुलाई बिर्तामोड अतिथि सदनमा एक कार्यक्रमकाबीच छात्रवृत्ति प्रदान गरिएको छ ।

मिस एसईई बिजेता निसिम थाम्सुहाङ, मिस्टर एसईई बिजेता एनिक चौधरी फस्ट रनरअप सलिना गुरागाँईं, सेकेन्ड रनरअप चेतसा न्यौपाने, मिस्टर एसईईको फस्ट रनरअप उत्तम थापा र सेकेन्ड रनरअप योगेश लिम्बूलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

प्रतियोगितामा मिस कन्फीडेन्ट स्नेहा ढुंगाना, वेस्ट वाल्क चेतसा न्यौपाने,वेस्ट स्माइल सेन्थीया लिम्बू, मिस हार्डवर्किङ संगीता राजवंशी, वेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङ, मिस व्युटीफुल सुप्रिना संग्रौला, वेस्ट फिगर टोनिसा भण्डारी, मिस एक्टीभ प्रियंका लामिछाने, मिस फोटोजेनिक सलिना गुरागाईं, मोस्ट फ्रेण्डली अनिक चौधरी, मोस्ट हेण्डसम उत्तम थापा, मोस्ट अनेस्ट आशिका ढकाल, मिस पर्सनालिटी विपिसा संग्रौला, मिस्टर इनरजेटिक निश्चल लिम्बू, मिस पङच्युअल चेतकुमारी लिम्बू, मिस मोरालिटी सञ्जु मिया, मिस्टर फोटोजेनिक योगेश लिम्बू, मिस डिसिप्लेन विपिका राजवंशीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

त्यस्तै वेस्ट डान्सर कृतिका लिम्बू, मिस चार्मिङ लिजा राई, मिस पपुलर चेतकुमारी लिम्बू, मोस्ट पपुलर कृतिका लिम्बू, भ्युवर च्वाइज सुप्रिना संग्रौला लाई निदी स्कूल तथा इन्द्रेणी क्याम्पस बिर्तामोड, श्री हरिकुल सुरुङ्गा, आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट बिर्तामोड, होलीवेल इङलिस स्कूल धुलाबारी, पशुपति इङलिस स्कूल सुरुङ्गा, स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोड, सिद्धार्थ इङलिस स्कूल खोर्साने, ब्राइट फ्युचर इङलिस स्कूल सुन्दरहरंैचा, युएन नवोदय कलेज धरानले छात्रवृत्ति प्रदान गरिएको छ ।

गत बर्षदेखि यस प्रकारको कार्यक्रम आयोजना गरी विभिन्न कलेजमा ८ जना अध्ययन गरिरहेकोमा यसपटक १५ लाख भन्दा बढी बराबरको पुरस्कार २० जनालाई प्रदान गरिएको र उक्त छात्रवृत्ति दाता कलेजहरुलाई धन्यवाद–पत्र समेत प्रदान गरिएको थियो ।

बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठका अध्यक्षता तथा पत्रकार महासङ झापाको अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगिताको एजुकेशन पार्टनर निदि सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसका प्रमुख रञ्जित शाह श्री हरिकुल स्कुलका प्रधानाध्यापक रोशन खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

होलिबेल अंग्रे्रेजी माध्यमिक बिधालय का कोअर्डिनेटर दीपेश पाठक महासंघका उपाध्यक्ष केशव भट्टराई, सूर्योदय टेलिभिजनबाट भरत प्रसाईं, एपीवान टेलिभिजनबाट बिष्णु श्रेष्ठ प्रतिदिन राष्ट्रिय दैनिकका सम्पादक इन्द्रसिंह राजबंशीको उपस्थितिमा संयोजन बिजय लिम्बूले र सञ्चालन दिनेश राज शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here