शिक्षा बहुउद्देश्यीय सहकारीको इकाइगत साधारण सभा शुरु

0
136

अर्जुनधारा ।

झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको इकाइगत साधारण सभा मंगलबारदेखि शुरु भएको छ ।

शनिश्चरे सेवा केन्द्रमा रहेका शेयर सदस्यहरुलाई लक्षित गरि अर्जुनधारा–८स्थित सामुदायिक भवनको सभाहलमा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष न्यौपानेले संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन र संस्थाका उपाध्यक्ष एवम् ऋण उपसमितिका संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूँजी तीन करोड ४९ लाख ८१ हजार रुपैयाँ, कोष हिसाबमा एक करोड ९८ लाख ९४ हजार दुई सय २६ रुपैयाँ ७३ पैसा, बचत संकलन १६ करोड ८४ लाख सात हजार एक सय ५८ रुपैयाँ ७८ पैसा, ऋण लगानी १८ करोड नौ लाख एक सय ९० रुपैयाँ आठ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको जम्मा आम्दानी तीन करोड ८५ लाख ९६ हजार आठ सय ३४ रुपैयाँ ८६ पैसा, जम्मा खर्च तीन करोड ६२ लाख ६६ हजार चार सय १३ रुपैयाँ ४४ पैसा र नाफा २३ लाख ३० हजार चार सय २१ रुपैयाँ ४२ पैसा रहेको छ ।

सोही कार्यक्रममा शनिश्चरे सेवाकेन्द्र अन्र्तगत आवधिक बचतकर्तातर्फ भरत धिमाल, शिक्षा बचतकर्तातर्फ त्रिमेश दाहाल र असल ऋण कारोबारतर्फ लक्ष्मी तामाङलाई सम्मान पत्र र नगद पुरस्कारसहित सम्मानित गरिएको थियो । संस्थाका उपाध्यक्ष मिश्रले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

सभाले आगामी कात्तिक २ गते हुने साधारण सभाको अन्तिम माइन्यूट प्रमाणिकरण कार्यक्रमका लागि प्रतिनिधि छनौट गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here