विहानी बचत तथा ऋण सहकारीको सभा

0
7
दुहागढी, 
विहानी बचत तथा ऋण सहकारी संस्था मेचीनगर १४ धाइजनमोडको १५ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष गोपी कृष्ण प्रसाईले वार्षिक प्रतिवेदन र आन्तरिक लेखापरिक्षण समितिका संयोजक घनश्याम सेडाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने दुई दर्जन बढि व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता ममता राजवंशी, उत्कृष्ट ऋणी गंगा प्रसाद संग्रौला, उत्कृष्ट बाल बचत कर्ताहरु अप्सना खातुन र साइना तिम्सिना रहेका छन् ।
त्यसैगरी शेयर पूजी एक लाख रुपैया पु¥याउने १५ जना शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट खेलाडी अनिल खड्का, उत्कृष्ट गायक विराज प्रसाई सहित संस्थामा कार्यरत ११ जना कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले उनीहरुलाई नगद, खादा, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष सन्तोष मेचे र प्रमुख अतिथि थापाले मन्तव्य राख्दै संस्थाले गरेको प्रगतिको प्रशंसा गरेका थिए । संस्थाका अध्यक्ष गोपी कृष्ण प्रसाईको सभापतित्व तथा सचिव सुनिता रिजालको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका सदस्य विष्णु प्रसाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here