मुद्रण उद्योग संघ झापाको पद हस्तान्तरण

1
21

झापा ।

मुद्रण उद्योग संघ झापाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष रोहितकुमार भट्टराइको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुद्रण उद्योग संघ झापाको गत माघ १३ गते सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलार्इ पद हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा नेपाल मुद्रण उद्योग महासंघको गत माघ २० गते काठमाण्डौमा सम्पन्न पाचौं अधिवेशनमा झापाबाट निर्वाचित केन्द्रीय उपाध्यक्ष युवराज डाँगी, सह–कोषाध्यक्ष राजु पोख्रेल र सदस्य गोविन्द निरौलालाई बधार्इ तथा शुभकामना सहित सम्मान गरिएको छ ।

अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति समेत चयन गरिएको थियो । समितिको उपाध्यक्षमा गोविन्द निरौला, सचिवमा भानु खनाल, कोषाध्यक्ष रमेश बस्नेत, सहसचिवमा टंक निरौला चयन भएका थिए । त्यस्तै सदस्यहरुमा पुण्यप्रसाद खतिवडा, राजु पोख्रेल, विष्णु सुब्बा, मिनबहादुर कार्की, राजु साह, विष्णु बराल निर्विरोध चयन भएका थिए ।

सहसचिव टंक निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त खनालले गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here