सब्जी बोक्ने मिनिट्रकबाट गाँजा बरामद

0
13

धनकुटा ।

धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी नाायव निरीक्षक जीवन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा पाँच सय ४४ केजी गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here