क्रिकेटर लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

0
4

काठमाडौँ,

उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here