अर्जुनधारा–१० नं. वडाको वाद्यवाधन तालिम सम्पन्न

0
20

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० नं. वडा कार्यालयको आयोजनामा सञ्चालन भएको तीन महिने वाद्यवाधन(तबला, मादल र हार्मोनियम) तालिम आइतबार सम्पन्न भएको छ ।

गत चैत ७ गतेदेखि सञ्चालन भएको उक्त तालिम चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमको भाषा, कला र साहित्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको वडा सचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।

प्रशिक्षकद्वय अस्मिता गजुरेल र रेवतबहादुर मगरले प्रशिक्षण दिएको तालिममा तबला र मादलतर्फ २७ जना र हार्मोनियमतर्फ २४ जना गरि जम्मा ५१ जनाको सहभागिता रहेको बताइएको छ । तालिम अन्र्तगत प्रशिक्षक गजुरेलले हार्मोनियम र अर्का प्रशिक्षक मगरले तबला र मादल बजाउन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

स्थानीय पञ्चकन्या मन्दिरको सभाहलमा वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुले विभिन्न सांगीतिक धुनसँगै भजनकिर्तन प्रस्तुत गरेका थिए । वडा सदस्य सीता परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा वडा सचिव पोखरेल र सहभागी देवी विष्टले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here