टिपिडि तालिम सम्पन्न

0
8

अर्जुनधारा ।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत विकास दोस्रो चरणको टिपिडि सम्पन्न भएको छ ।

आधारभूत तह १–५ का अध्यापनरत् २३ जना स्थायी शिक्षकहरुका लागि एकीकृत पाठयक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव तोयानाथ रेग्मीले जानकारी दिए ।

शिक्षकहरुको वृत्ति विकाससँगै आधुनिक प्राविधिहरु नविनता ज्ञान सिपहरु प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने गुणस्तरीय शिक्षा प्रदान गरी असल नागरिक उत्पादन गर्न सक्षम बनाउन अब गएर आफ्नो विद्यालयमा आफूसँगै विद्यालयमा रहने अन्य गुरुवर्गलाई आफ्नो अनुभव साटासाट गर्न प्रमुख आतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खडगमाया पराजुलीले आग्रह गरिन् ।

तालिमले शिक्षकहरुमा ऊर्जासँगै सहजीकरण विधि र नयाँ एकीकृत पाठयक्रमको मर्म र प्रविधिमय शिक्षणको बाटो खोलेकोको र सुनसरीसम्म पुगि दुई पटक गरी एक महिने तालिम लिन निकै समस्या नै थियो । तर, शिक्षा शाखा अर्जुनधारा नगरपालिकाले स्थानीय तहमै तालिमको आयोजना गरेको र घरकै खाना खाएर तालिम लिन पाएकोमा सहजीकरण शिक्षा तालिम केन्द्र सुनसरी र आयोजक नगर शिक्षा अर्जुनधारा नगरपालिकालाई प्रशिक्षार्थीको तर्फबाट जुनकीरी सा.आ.वि.का प्रधानाध्यापक रञ्जित परियार र सिंहदेवी माविकी शिक्षक इन्दिरा शर्माले धन्यवाद व्यक्त गरेकी थिइन् ।

पछिल्लो समय सामुदायिक विद्यालयहरुमा अध्ययन गर्न आउने विद्यार्थीहरुको चाप बढ्दै गएको र सरकारले शिक्षक पेसागत विकास तालिम तथा अन्य भौतिक एवम् शिक्षकहरुका लागि अन्य तालिम प्रदान गर्दै आएकोमा नगरभित्रै नमूना विद्यालयको रूपमा देखापर्न थालेकोमा खुशी व्यक्त गर्दै स्थानीय तहमै यसरी तालिम सञ्चालन गर्ने झापामा पहिलो नगर र तालिम पाउने भाग्यमानी शिक्षक भएको भन्दै शिताके सुनसरीका सहजकर्ता मानबहादुर देवकोटा शिक्षा अधिकृत सुनिता भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी १० दिनसम्म शिताके सुनसरीका सहजकर्ता सुपेनचन्द्रसिंह राजवंशी, खेमराज लिम्बू, उमेश बुढाथोकी, तिर्थमान राई, मानबहादुर देवकोटा लगायत रहेका छन् । नगरको आ.व. २०८०/०८१ बजेट अनुसार नगरको आर्थिक ब्यवस्थापन र शिक्षा तालिम केन्द्र सुनसरीको प्रशिक्षण सहजीकरण रहेको शिक्षा प्रमुख रेग्मीले बताए । कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here