मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

0
3

दमक ।

दमक नगरपालिका-३ मावा पुलस्थित दमक–मिक्लाजुङ कच्ची सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति १०:५० बजेको समयमा दमक ३को मावा पुलस्थित दमक– मिक्लाजुङ कच्ची सडक खण्डमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने २२ वर्षीय सगुन राई गम्भीर घाइते भएका थिए ।

टाउको, अनुहार र घुँडामा चोट लागेर उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएकोमा राति ११:३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी बाघखोरले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here