देवी माविमा होटल म्यानेजमेन्ट

0
19

बिर्तामोड ।

बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयले होटल मेनेजमेन्टको अध्यापन शुरु गने भएको छ ।

बिर्तामोड नगरपालिका–५ स्थित कन्काई रोडमा रहेको देवी माध्यमिक विद्यालयले आगामी आर्थिक वर्षबाट होटल म्यानेजमेन्ट विषयमा अध्यापन शुरु गर्ने तयारी गरेको हो ।

विद्यालयको आन्तरिक आयस्रोतबाट पाँच तारे होटलमा प्रयोग गरिने जस्तै अत्याधुनिक मेसिन र उपकरण प्रयोग गरेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ । विद्यालयले एसईईको नतिजा प्रकाशनपछि तयारी कक्षाको शुरुवात गरेको बताइएको छ । विद्यार्थीले सर्वसुलभ मूल्यमा दुई बर्षे कोर्ष अध्ययन गर्न पाउने छन् ।

देशभर रहेका सामुदायिक विद्यालयहरू मध्ये सामुदायिक स्तरमा यो किसिमको अध्ययन हुनु झापा र बिर्तामोडबासीका लागि गौरवको विषय भएको विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् ।

महँगो शुल्क तिरेर केही सीमित विद्यालयहरूमा मात्रै अध्ययन हुने यो विषय देवी माविले सुलभ मूल्यमा आफ्नै स्रोत र साधनबाट आफ्नै भवनमा शुरु गर्न लागेको विद्यालयका शिक्षक उमेश साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here