विद्यार्थीलाई शैक्षिक सामग्री

0
12

झापा ।

लायन्स क्लव अफ बिर्तामोडले बिद्यार्थीका लागि शैक्षिक सामग्री बितरण गरेको छ ।

क्लवले कनकाई नगरपालिका –७ स्थित दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीलाई ६ सय थान कपी प्रदान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रमका बीच शैक्षिक सामग्री बितरण गरिएको हो ।

क्लवकी अध्यक्ष संगीता रौनियारको अध्यक्षता तथा कनकाईका पूर्ब अध्यक्ष मनोज बस्नेतको प्रमुख आतिथ्यमा भएको सोही कार्यक्रममा कनकाई –७ निवासी पानु योङ्हाङलाई ह्वील चेयर प्रदान गरिएको थियो ।

पूूर्ण रुपमा अशक्त रहेकी उनलाई ह्वील चेयर प्रदान गरिएको अध्यक्ष रौनियारले बताइन् । त्यस्तै कनकाई ९ निवासी सागडी गणेशलाई वैशाखी प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोडका पूर्ब अध्यक्ष सत्यनारायण शर्मा, जीवन खड्का, सुरज रौनियार लगायतको आतिथ्य रहेको थियो ।

लायन्सले विद्यार्थीलाई शैक्षिक सामग्रीसहित मानवीय सेवाका क्षेत्रमा समेत काम गरेको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीनकुमार बस्नेत, सहायक प्रधानाध्यापक कुमार खरेल, शिक्षक अभिभावक संघका महेन्द्र कन्दङ्वाले धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here