अक्षयकोषबाट शिक्षक तथा विद्यार्थी सम्मानित

0
8

अर्जुनधारा ।

रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले वर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाइ एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

शैक्षिकसत्र २०८० को नगरस्तरीय कक्षा ८ को परिक्षामा रामकुमार अछामी कार्यरत विद्यालय गणेश आधारभूत विद्यालयकी उत्कृष्ट जिपिए ल्याएका जेहेन्दार विद्यार्थी इष्मा बुर्जा मगर र सुष्मा खनाल त्यसैगरी नगरभित्रबाट कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने लक्ष्मी माविकी शितक अधिकारी र कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने लक्ष्मी माविकी दिब्य काफ्लेलाई नगदसहित प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

त्यस्तै वर्ष उत्कृष्ट शिक्षकमा ५१ बाल शिक्षक मध्येबाट गणेश आधारभूत विद्यालयकी रिया राई, आधारभूत विद्यालय तर्फबाट शनिश्चरे माविका सरोज काफ्ले र मावितर्फ महारानीगञ्ज माविका पूर्व स्रोतव्यक्ति एवम् शिक्षक सूर्यप्रसाद सापकोटालाई सम्मान गरिएको छ ।

यसैक्रममा स्वर्गीय रामकुमार अछामीकी धर्मपत्नी शिक्षक कुमारी अछामीलाई सम्मान गरिएको थियो । रामकुमार अछामी गणेश आधारभूत विद्यालय प्रधानाध्यापक हुन् । उनको कामको शिलशिलामा काठमाडौं पुगेर फर्कदा दुर्घटनामा परेर २०७५ चैत्र ९ गते निधन भएको थियो ।

एउटा कुशल प्रधानाध्यापक मात्र नभएर नगर कै एउटा सामाजिक कार्यकर्ताको भूमिका निर्वाह गर्ने सँगै नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराको अध्यक्ष रहि शिक्षकहरुको हकहितबारेमा अभिभावकको भूमिका समेत निर्वाह गर्थेँ । अछामीलाई सदैव सम्झना र उनको कार्यको अनुशरण र स्मृतिका लागि यो अक्षयकोष स्थापना गरिएको भन्दै रामकुमार अछामीको जीवनी नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पुण्य सुवेदीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अक्षयकोषले नगरका विद्यार्थी एवम् शिक्षक वर्गलाई प्रोत्साहन मात्र नभएर जिम्मेवार समेत गराएको छ । नगरबाट यस कोष वृद्धिका लागि सहयोग गर्ने बताउँदै नगरको सामुदायिक विद्यालयहरुले विद्यार्थी र अभिभावकहरुको मन जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हुँदै गएको र यस वर्षदेखि अभिभावक शिक्षा, शिक्षकलाई पुनरताजगी तालिम र नगर प्रमुखसँग डिजिटल शिक्षा कार्यक्रम योजना राखिएको र अध्ययनका लागि विभिन्न देश जानुअघि बृजकोष, विभिन्न भाषा सिक्न अब नगर मै व्यवस्थापन गर्ने समेत जानकारी गराए । स्व. अछामीसँग विगतमा सँगै सहकार्य गरेको सम्झना सुनाउँदै प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देनले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिहरु नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, एकीकृत अखिल शिक्षक संगठन कोशी प्रदेशका महासचिव कपिलदेव तिम्सिना, शनिश्चरे मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल, शिक्षक सूर्यप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व सस्थापक केन्द्रिय सदस्य बद्री ओली, नेपाल शिक्षक संघ अर्जुनधाराकी अध्यक्ष सुजाता शिवाकोटी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष तारा विक लगायतले सम्मानित व्यक्तित्वलाई शुभकामना दिएका थिए ।

कोषमा चार लाख १० हजार तीन सय २१ रहेकोमा आफ्नो कार्यकालमा पाँच लाख माथि पु¥याउने आयोजक नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष केदारनाथ पोख्रेलले बताए । कार्यक्रमको स्वागत शिक्षक देवमाया दाहाल गरेकी थिइन् भने सहजीकरण सचिव दिपक भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here