मानसिक बिरामीको उपचारमा पुरुष नर्स

0
22

मोरङको बुढीगंगा–२ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन् । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन् । उनीहरु नझर्की, अत्ताईकन धैर्य पूर्व शान्त नम्रबोलीले भर्ना भएका विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन् ।

उनीहरु आकस्मिक रुपमा अबेर राति पनि विरामीको नियमित जाँच गर्ने, समयमा औषधि खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड राख्नुदेखि, इसीजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरु पठाउने र रिर्पोट अभिलेखिकरण गरेर राख्नेदेखि डाक्टरहरुलाई विरामीको अवस्था ब्रिफिङ गर्नेदेखि विरामी र उनीहरुका कुरुवालाई काउन्सिलिङ्ग गर्ने काम उनीहरु जिम्मेवारीपूर्वक गर्ने गर्छन् ।

यति मात्र नभएर सिकिस्त विरामीहरुलाई दिसापिसाब गराउन शौचालय लानेदेखि लुगा फेरि दिने, औषधि नखाने विरामीहरु फकाएर त कसैलाई चूर्ण बनाएर औषधि खुवाउने काम पनि गर्ने गर्छन् । विरामीको प्रभावकारी सेवा गरेकै कारण विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरु छैनन् । त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्सहरुले नै सेवा दिइरहेका छन् ।

उसै पनि नर्स भएर विरामीको सेवा गर्नु सजिलो काम होइन । यसका लागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन । नर्स हुनुका लागि मृदृभाषी, लगनशिल र जिम्मेवार पनि हुनुपर्छ । अझ मानसिक विरामीहरुको सेवा गर्ने काम कष्टकर र जोखिमपूर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका विरामीहरु कोही मानसिक रुपले विक्षिप्त भएका हुन्छन् भने कोही चिच्याउने कराउने, होल्हल्ला गर्ने कुटपिट गर्नेखालका पनि हुन्छन् ।

प्रायःले आफूलाई विरामी मान्दैनन् र औषधि र खाना पनि खान चाहँदैनन् झगडा गर्छन् । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन् । विरामी जाँचेर औषधि लेख्ने दक्षता हासिल गरे पनि आफूहरु थप अनुभव हासिल गरेर दक्ष स्वाथ्यकर्मी बन्नका लागि जोखिम मोलेर भए पनि नर्स भएर विरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछ ।

निरज जस्तै तीन बर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम लिएका विजय राजवंशी, मनोज मेहता, प्रशासन्त ठाकुर नितेशकुमार मेहता र सिकन्दर यादवहरु पुरुष नर्स बनेर मानसिक रोगीहरुको निरन्तर सेवा गरिरहेका छन् । ‘हामीहरु पुरुष मात्र नभएर असक्त्त महिला बालबालिका र ज्येष्ठ नागरिक सबै असक्त विरामीहरुलाई कुनै भेदभाव नगरी कडा र जटिलखाले सबै विरामीहरुको झर्को नमानी स्याहारसुसार गर्छौं’ –मानसिक विभागमा दुई बर्षदेखि नर्स भएर विरामीको सेवा गर्दैै आएका नर्स मनोज मेहता र उनका साथीहरु बताउँछन् । सन्तुष्ट हुने गरी सेवा गरेकै कारण आजसम्म कोही पनि विरामी र कुरुवाहरुले असन्तुष्टि नजाएको बरु सबैले प्रशंसा नै गरेको पुरुष नर्सहरु बताउँछन् ।

कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति विरामीहरु होसहवास नभएका पनि हुन्छन् भने कति चाहिँ कुटपिट गर्ने र आफूमाथि ह्रिस्रक व्यवहार गर्नेहरु पनि हुन्छन् । कतिपयले मौका खोजेर आफूलाई घात गर्नेदेखि आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्छन् । त्यसैले सेवामा खटिएका नर्सहरुले चौबिसै घण्टा सर्तक हुनु पर्दछ । आफूहरुको सजगता र धैयर्ताकै कारण आजसम्म कुनै अप्रिय घटना हुन पाएको र बरु उपचारमा आएका विरामीहरु पनि निको भएर अस्पतालबाट डिस्र्चाज भएको नर्स सिकेन्द्र यादव बताउँछन् ।

मानसिक विभागमा भर्ना भएका विरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरुले पनि महिला नर्सहरुले भन्दा प्रभावकारी सेवा दिइरहेकोले उपचार सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरेहको मानसिक विभागका रेसिडेन्सियल इञ्चार्ज चिकित्सक डाक्टर शिर्षकदीप श्रेष्ठ बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here