सम्पर्कविहीनको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

0
4
काठमाडौँ, 
नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
पीडितलाई बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सबै खर्चको व्यवस्था गर्न, मृत्यु भएका परिवारलाई राहत व्यवस्था गराउन महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । महासङ्घका सबै तहलाई राहत र उद्धारमा खट्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।
आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डमा दुईवटा बस दुर्घटनामा परी करिब पाँच दर्जनभन्दा बढी बेपत्ता भएको घटनाले महासङ्घलाई दुःखित बनाएकाले यस्तो अवस्था नआउने गरी काम गर्न विज्ञप्तिमार्फत सरकारसँग माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here