ब्राउनसुगरसहित चार जना पक्राउ

0
43

मोरङ । 

झापा, मोरङ र धनकुटा जिल्लाहरुको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचिनगर नगरपालिका–६ स्थित मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियनत्रण ब्युरो काँकरभिट्टाबाटको प्रहरी टोलीले चेकजाँचको क्रममा डब्लु बी ७४ वाई २१४१ नम्बरको मोटरसाईकल चालक भारतिय नागरिक ३६ बर्षीय बब्लु रायलाई ११ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी–४ का २५ बर्षीय हन्डु राईलाई ६४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरको छ।

यस्तै चेकजाँचको क्रममा धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङले को ३८ प ६५६७ नम्वरको मोटरसाइकलमा सवार रहेका सहिदभूमी गाउँपालिका–२ का २८ बर्षिय हिरालाल राई र २८ बर्षीय नितेश राईलाई १४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले कोशी प्रदेशका मोरङ, झापा र सुनसरीबाट हरेक दिन ५–६ जना भन्दा बढी लागूऔषध कारोबारीलाई पक्रउ गरिरहेको छ। पछिल्लो समय लागूऔषध कारोबारी बढेसँगै उनीहरुलाई नियन्त्रण गर्न प्रहरीलाई चुनौती बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here