ब्राउन सुगरसहित दुई भारतीय कारोबारी पक्राउ

0
49

झापा।

भारतबाट लागू औषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् ।

झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा बसपार्कमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ खोरीवारि थाना बस्ने २२ वर्षीय अब्बास राजग्र र सोही ठाउँ बस्ने २२ वर्षकै मफिजुद्यिन अन्सारीलाई लागू औषधसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्लास्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here