अर्जुनधाराबाट एक थान कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

0
59

बिर्तामोड ।

झापाको अर्जुनधाराबाट एक थान कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्रबहादुर आङदेम्बे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले केही समय अघि मात्रै झापाको दमकबाट पोस्तोलसहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो । गत साउन २८ गते दमक–५ बाट मेडइन इटाली लेखिएको एक थान पोस्तोल र दुई थान म्याग्जिनसहित दमक–८ का ३६ वर्षीय सञ्जिव गजमेरलाई प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here