कांग्रेस पूर्वमहामन्त्री सिटौलाद्वारा राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्तालाई आग्रह

0
1

भद्रपुर ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्ता एवं आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरस्थित एन.सि.डि.सि. भवनमा आयोजित ३ नम्बर क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका सिटौलाले सबै नीतिहरुको सर्वोत्तम नीति राजनीति भएको चर्चा गर्दै यसप्रतिको नकारात्मक धारणा त्याग्न आग्रह गर्नुभएको हो ।

नेपाली कांग्रेस पार्टी लोकतन्त्रको संवाहक भएकाले हरेक परिवर्तनहरुको अग्रमोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै पूर्व महामन्त्री सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीलगायतले शुभकामना मन्तब्य राख्नुभयो ।

नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रम ३ नम्बर क्षेत्रीय सभापति उर्मिला गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । शिला तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रमिला कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा महिलाहरुको नेतृत्व विकासका विषयमा रमेशकुमार दाहालले, संविधान एवं कानूनमा महिला अधिकार सम्बन्धी ब्यवस्थाका विषयमा शान्ता पाठकले र प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईले प्रशिक्षण दिनुभएको थियो ।

नेपाल महिला संघ झापाको आयोजना र क्षेत्रीय समितिहरुको संयोजनमा झापाका पाँचवटै क्षेत्रमा महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल महिला संघ जिल्ला सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार झापा क्षेत्र नं–१, २ र ३ मा प्रशिक्षण सम्पन्न भएको छ भने ४ मा बिहीबार र ५ मा शुक्रबार प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here