यथार्थ जीवन र गतिशील यात्रा

0
2

कक्षा १२ को परिणाम प्रकाशित भयो । सम्भावना र सन्दीप दुबैले राम्रो स्तरमा कक्षा १२ उत्तीर्ण गरे । एक घण्टाको दुरीमा भए पनि कक्षा १२ सम्मा पढ्नका लागि संदीप र सम्भावनालाई सहज थियो । अब उच्चस्तरको शिक्षा लिन भने घरबाट सम्भव भएन । एसइई तथा एसएलसीको नतिजाले सम्बन्धित पक्षको भावी दिनको दिशा निर्धारण गर्दछ । यो उनीहरु दुबैलाई थाहा थियो । यसका लागि उनीहरुले आगामी दिनमा पढ्ने विषयवस्तुमा भर पर्नु पर्दथ्यो । राम्रो नतिजा आएको थियो । सन्दीप र सम्भावना दुबैको इच्छा भने मेडिकल र इञ्जिनियरिङ्ग पढ्ने थियो । आर्थिक अवस्था सामान्य भएकाले यो असम्भव जस्तै थियो । विद्यालयले पनि उनीहरुको इच्छा अनुसारका विषय पढ्ने वातावरण बने राम्रो हुन्थ्यो भन्ने ठानेको थियो ।

सन्दीपले दुई वर्षमा आमा र चार वर्षमा बाबु गुमाएका थिए । उसको पालनपोषण मावलीमा भएको थियो । कक्षा १२ सम्म मावलीले नै पढाएका थिए । मावलीको आर्थिक हैसियत पनि ठिक–ठिकै थियो । अब यसभन्दा अघिको उच्च शिक्षा अध्ययन गराउने हैसियत मावलीसँग थिएन । यता सम्भावनाले पनि भर्खरैमात्र व्यवसायमा खुट्टा टेक्दै गरेको अवस्था थियो । व्यवसाय छोडेर चटक्कै हिँड्ने अवस्था थिएन । आर्थिक अभावका कारणले काठमाडौंको बसाइमा इञ्जिनियरिङ्ग पढ्न सक्ने हैसियत उनको पनि थिएन । फेरि आमालाई एक्लै छाडने कुरा पनि भएन ।

यसर्थ व्यवसाय, आमा र अर्थ यी तीनै वस्तुको बीचबाट घरभन्दा बाहिर गएर उच्च शिक्षा अध्ययन गर्ने आँट सम्भावनाले गर्न सकिनन् । बरु सन्दीपलाई चाहिँ केही सहयोग गर्न सके हुन्थ्यो भन्ने सोच उनीमा थियो । सामान्य सहयोगका लागि उनले सन्दीप समक्ष कुरा पनि चलाएकी थिइन् । सन्दीपले पनि सम्भावनाको व्यवसायमा धैरे सहयोग पु¥याएको थियो । एउटा भरपर्दो अभिभावक सन्दीप बन्दै गरेको अवस्था थियो । उनीहरु एकअर्कामा नजिक पनि थिए । त्यसअर्थमा उसले पनि सम्भावनाको विचारलाई सकारात्मक रुपमा लियो । यसपछि सन्दीपले मामासँग पनि थोरबहुत सहयोगको अपेक्षा गरेका थिए । भाञ्जाको पढाई राम्रो भएकाले मामाले हार्न सक्दैन थिए । थोरबहुत सहयोगका लागि उनले पनि बचन दिए । तर, अझै पनि काठमाडौं जाने हिम्मत लिन सन्दीपले सकिरहेका थिएनन् ।

काठमाडौं शहर हो । इञ्जिनियरीङ्ग विषयसँग सम्बन्धित पढाई, साथी–भाइसँगको बसाइ आदिका कारणले मामा र सम्भावनाको सामान्य सहयोगले दुई–दुई वर्षसम्म धान्न कठिन हुन्थ्यो । पार्टटाइम जब गरेर केही गरौंभन्दा पनि पहिलो कुरा त जब पाउन ने कठिन थियो । पाइहाले पनि समय दिनसक्नु प¥यो । मुख्य कुरा अध्ययनलाई पनि नियमितरुपमा समय पनि दिन सक्नुप¥यो । यी यावत कुराले सन्दीप दोधारमा थिए । यही बीचमा उनीहरुको गतिविधि, अवस्था र अन्य विविध पक्षलाई हरिशंकरले नजिकैबाट नियालिरहेका थिए । उनी धन पनि भएका र मन पनि भएका व्यक्ति थिए । समाजमा सारो–गाह्रो परेको अवस्थामा सहयोगका हात यसभन्दा अघि पनि उनीले बढाइरहेका हुन्थे ।

हरिशंकरले सन्दीपलाई मन पराउँथे । सन्दीपको भविष्य उनले उज्ज्वल देखेका थिए । सन्दीपले भविष्यमा केही गर्न सक्छ भन्ने विश्वास उनले राखेका थिए । एउटा मेघावी विद्यार्थी पानी विनाको माछो जस्तो भएर छट्पटाइरहेको अवस्था थियो । संदीपको मामा हरिशंकरको साथी थिए । अनि साथीको दिदी सन्दीपको आमा हरिशंकरको पनि दिदी समान थिइन् । जसको अल्पायुमा मृत्यु भएको थियो । त्यो घटनाबाट हरिशंकर आफू पनि प्रभावित भएका थिए । त्यसमाथि छोेटो समयको अन्तरालमा सन्दीपका बाबुको पनि आकस्मिक मृत्यु गाडी दर्घटनाबाट भएको थियो । यी सबै अवस्था हरिशंकरको सामनेमा झलझल्ती आइरहेका थिए । एकपछि अर्को गर्दै क्रमिक रुपमा विगतदेखि आजसम्मका घटना र परिदृष्यहरु सम्झिँदै गए । सन्दीपलाई पनि उनले आप्mनै भाञ्जो जस्तो ठानेका थिए । हरिशंकरको आप्mनो छोरालाई पनि उच्च शिक्षा पढन काठमाडौं पठाउने विचार थियो । सन्दीपसँगै पढेको उनका छोरा सन्दीप जस्तो मेघावी भने थिएन ।

सामान्य स्तरको पढाइ थियो । सन्दीपको संगतमा छोराको अध्ययनको स्तर वृद्धि हुने अपेक्षा हरिशंकरको थियो । उनले सन्दीपलाई सहयोग गर्ने विचार गरे । सन्दीपलाई घरमै बोलाए । उनको पढाइ र आगामी दिनको अध्ययनका बारेमा सोधपुछ गरे । सन्दीपले सम्भव भए इञ्जिनियरीङ्ग पढ्ने विचार व्यक्त गरे । तर, यो यात्रा आप्mना लागि निकै चुनौति र कठिन भएको कुरा हरिशंकरसामु राखे । हरिशंकरले सहयोगका लागि बचन दिए । आप्mनो छोरा पनि साथमा रहने कुरा सुनाए । एउटै कोठामा बसेर पढ्दा कोठा भाडा नलाग्ने र खाना खर्च र क्याम्पसमा लाग्ने नियमित खर्च पनि व्यहोरि दिने बचन दिए । सन्दीप ‘के खोज्जस…’ भने झैं फुरुङ्ग भए । इन्ट्रान्स परीक्षाको सूचना पुलचोक क्याम्पसबाट प्रकाशित भइसकेको थियो । पूर्व तयारीका लागि कक्षा लिन चाडै काठमाडौं जानुपर्ने थियो । यस अवस्थामा हरिशंकरको सहयोगको बचन उनका लागि अवस्मरणीय प्रेरणाको स्रोत बन्न पुग्यो । उनी खुशी भए । जीवनको एउटा ढोका खुलेको महशुस सन्दीपले गरे ।

सम्भावनाको पनि कक्षा १२ को नतिजा सन्दीपकै हाराहारीमा थियो । उनले पनि प्राविधिक विषय नै पढ्न रुचाएकी थिइन् । समस्या उनको पनि उस्तै थियो । पहिचान मात्र बनेको बाबुको आजसम्म अत्तोपत्तो छैन । बाबुको व्यवहार आमासँग हुन सकेन । बाबुको बसोबास समेत गाउँ–ठाउँमा हुन सकेन । अन्ततः पश्चातापको भारी बोकेर हिँडेका बाबु लामो समयदेखि बेपत्ता थिए । केही समयदेखि आमा पनि टोलाउने, एकोहोरिने र उदास भएको व्यवहार देखाउन थालेकी थिइन् ।

सामाजिक अभियन्ताका रुपमा परिचय बनाएका सन्दीप र सम्भावना दुबैको अनुपस्थितिमा आमाको अवस्था जटिल त बन्ने नै थियो । अभियानको गतिमा समेत रुकावट हुने अवस्था थियो । साझेदारी व्यवसायले पनि भर्खरै मात्र गति लिइरहेको थियो । यस अवस्थामा उनीहरुको भूमिकाको अभावमा सो पनि कतै धरापमा पो पर्ने हो कि भन्ने चिन्ता सम्भावनामा थियो । यी विविध कारणले घर छाडेर अध्ययन गर्ने कुरा सम्भावना लागि अप्ठ्यारै थियो । जे–जस्तो हुन्छ बरु सन्दीपको बाटो खुला गर्न आफू पनि सहयोगी बन्ने अठोट सम्भावनाले गरिन् । सम्भावनाको अपेक्षा थियो । आफ्नो पढाइलाई नियमितता दिनका लागि सन्दीप मार्फत सम्बन्धित क्याम्पससँग कुरा बुझ्ने, फारम भर्ने, भर्ना गर्ने आदि जस्ता कुरामा सहयोग लिने थियो । उनले समाजशास्त्र र मानवशास्त्र ९क्यअष्ययिनथ ७ ब्लतजचयउययिनथ० जस्तो विषय पढ्नु उपयुक्त ठानिन् । यस विषयले उनलाई मानव सम्बन्धको अध्ययन गर्न सहयोग पु¥याउँछ । जसबाट मानवको विज्ञान र समाजको विज्ञान ९क्अष्भलअभ या ःबल ७ क्अष्भलअभ या क्यअष्भतथ०का बारेमा जानकारी लिन सहज हुन्छ भन्ने लाग्यो ।

समाजका समस्या हल गर्नका लागि मानव शास्त्रीय विज्ञानको उपयोग गर्न सकिन्छ भन्ने उनको निष्कर्ष थियो । त्यसैले ग्रामीण विकास ९च्गचब िम्भखभयिऊभलत० लाई छोडेर उनले समाजशास्त्र र मानवशास्त्र नै पढने बिचार गरिन । ऋयगचकभ या कतगमथ र अन्य च्भाभचभलअभ तथा त्भहत द्यययपक पनि सन्दीप मार्फत मगाइ आप्mनो पढाइलाई निरन्तरता दिन पनि सकिन्छ भन्ने उनलाई लाग्यो । यिनै विचार र सहयोगका साथ उनले सन्दीपलाई काठमाडांै गएर पढ्न अनुरोध गरिन् । इञ्जिनियर बन्नुपर्छ । राष्ट्रका निर्माणका क्षेत्रमा आउने समस्या समाधान गर्न एउटा प्राविधिक जनशक्तिको भूमिका निभाउन सक्नुपर्छ भनेर उत्प्रेरित पनि गरिन् । अन्ततः सबैको सहयोग र सदासयतालाई स्वीकार गर्दै सन्ंदीपले इञ्जिनियरिङ्ग अध्ययन गर्ने निर्णय गरे ।

आज सन्दीप काठमाडौं जाने दिन । सन्दीपको विदाइ गर्न सम्भावना र उनका समूहका साथीको उपस्थिति थियो । दुई घण्टाको सडक मार्ग मार्फत पैदल जानुपर्ने । त्यसपछि मात्र काठमाडौं जाने बस चढ्न मिल्थ्यो । सन्दीपको भारीतारी, बेडिङ्ग विस्तारा लगायत अन्य समान निकै नै थियो । सबै साथीभाइको सहयोगमा जुटाइ दिएका बन्दोबस्तीका सामान थिए । खाने व्यवस्थाका लागि चाहिने भाडाकुडा, सुत्नका बस्नका लागि चाहिने बिछ्यौना, दैनिक प्रयोग गरिने विशेष गरी ठण्डी मौसमका लुगाफाटा आदि जस्ता सामानहरु थिए । जुन सामग्री साथीभाइ र सम्भावनाको सहयोगमा खरिद गरेका थिए ।

कसैले उपहारका रुपमा, कसैले सहयोका रुपमा, सामग्री उपलब्ध गराएका थिए । मानौं एउटा व्यक्ति बसाइँ नै गए जस्तो लाग्थ्यो । सदासदाको लागि भने जस्तै वातावराण भएको थियो । सबैको चाहना एउटा प्रतिभाशाली विद्यार्थी जसले आप्mना प्रतिभाहरु राष्ट्रका सामु नै प्रस्तुत गर्न सकोस् भन्ने थियो । राष्ट्रको गहना बनोस । देशविदेशमा पनि महŒवपूर्ण पहिचान बनाउँदै समाजबाट पनि सम्मान लिन सकोस । यिनै धारणाका साथ सबैजना उनको सहयोगका लागि जुटेका थिए । सबैभन्दा ठूलो सहयोग हरिशंकरले गरे ।

काठमाडौं जाने बस आयो । सन्दीप र हरिशंकरको छोरा रमाशंकर एकै साथ दुबै जना बस चढे । स्वयम् हरिशंकर पनि छोरासहित सन्दीपलाई पनि कोठाको साथै खानपानको व्यवस्था आदि गर्नका लागि आफू पनि सँगै जाने भएका थिए । हरिशंकर पनि गाडी चढे । सन्दीपलाई साथीहरुको समूहलाई सहजै छाडन कठिन भइरहेको थियो । त्यत्रो समूह–समूहभित्रका साथीभाइ, स्वयम् सम्भावनाबाट टाढा हुँदै थिए । भर्खरै मात्रै अंकुराउँदै गरेको एउटा दीप सन्दीपको दृष्टि सम्भावना माथि प¥यो । सम्भावनाको पनि सन्दीप माथि । सन्दीपले हात हल्लाए । सबैले सामुहिक रुपमा हात हल्लाए । सम्भावनाका हात उठ्न सकेनन् । हल्लिन पनि सकेनन् । अनुहार मलिन बन्यो । आँखा रसाउन खोजे, आँशु झर्न सकेनन् । दृष्टि एकोहोरिए पनि रोदन छुट्न सकेन ।

गाडी स्टार्ट भयो । सहचालकले जाउँ–जाउँ गुरुजी भन्यो । गाडीअघि बढ्यो । एकोहोरो हरन बजाउँदै । धेरै पर पुग्यो । कुइरी मण्डल सरी धुलो उडाउँदै । गाडी ओझेलमा पर्दै गयो । पूर्णिमाको चर्को आवाज सम्भावनाको कानमा प¥यो । ए सम्भावना ! तिमी पनि काठमाडौं नै जाने हो कि, के हो ? साथीहरु त हिँडीसके । सम्भावनलाई लाज लाग्यो । पूर्णिमाको व्यङ्गसहितको प्रश्नको जवाफ फर्काउनै सकिनन् । उनी पनि पूर्णिमाको पछि लागिन् । सम्भावनालाई लाग्दै छ, खोइ किन हो ? उनका पाइला घरतर्फ सहजै बढन मानिरहेका छैनन् । बिस्तारै आप्mनै सुरमा घर फर्किन । दीप बल्न बाँकी नै थियो । उज्याले कहिले आउने हो, उनको अन्तरहृदयमा अनेकौ प्रश्न छाल समान भएर उठे । अनुत्तरित प्रश्नका रुपमा उनले मात्र सफल यात्रा अनि अध्ययनको कामना गरिन् ।

सन्दीप पहिलो पटक एक्लै लामो यात्रा गर्दै थिए । सम्भावनासँगको यात्रा बाँकी नै थियो । रातिको यात्रा थियो । सन्दीपलाई निद्रा लागेन । तर, पनि झकाउँदै थिए । सुस्तरी–सुस्तरी निदाउँदै गए । सम्भावना सन्दीपको सामनेमा नै थिइन् । लामो समयदेखिका रहरका पोका सम्भावनासामु खोल्दै गए । सम्भावनासँगैको यात्रामा आफूभित्रका जिज्ञाशा मेट्दै गए । कति यथार्थ रहेछन् जीवनका ती गतिशील छालहरु अनि कति काल्पनिक रहेछन् जीवनका ती भावनाहरु । कति अनगन्ती रहेछन् जीन्दगीभित्रका पानाहरु, सन्दीप खुट्याउँदै गए । छुटयाउँदै गए । लाग्यो जीवन त पत्रैपत्र रहेछ । यिनै भावनाका साथ बिहानीको मिर्मिरेसँगै सन्दीप काठमाडौं पुगे । कोठाको बन्दोवस्ती हरिशंकरले गरे । नयाँ जीवनको सुरुवात सन्दीपले गरे । इञ्जिनियरिङ्ग पढका लागि आवश्यक प्रक्रिया शुरु भयो । प्रवेश परीक्षाका चरण पूरा गरी भर्नाका चरण पूरा भए । हरिशंकरले छोरालाई कानून र सन्दीपलाई इञ्जियिरिङ्ग संकायमा भर्ना गराए । दुबै जनाको सँगै बस्ने व्यवस्था मिलाए । आफ्नो बचन, दायित्व र कर्तव्य पुरा गरेपछि हरिशंकर गाउँ फर्किए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here