रेडक्रसकर्मी गौतमलाई पितृ शोक

0
35

झापा, नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतमलाई पितृ शोक परेको छ । बाह्रदशी गाउँपालिका – ५ चकचकी निवासी गौतमका पिता खेमलाल गौतमको ८० वर्षको उमेरमा निधन भएको हो । धार्मिक एवम् सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय खेमलाल शिवालय मन्दिर संरक्षण समिति चकचकीका पूर्व अध्यक्ष हुन् भने गौतम वंशावलीका खोजकर्ता एवम् लेखक हुन् । २००२ साल माघ २७ गते जन्मिएका गौतम केही समय अघिदेखि अस्वस्थ्य थिए । उनको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा निधन भएको हो ।
गौतमका तीन छोरा र दुई छोरी रहेका छन् । छोरा बुहारीहरुमा ओमप्रकाश – योगमाया, रामकुमार निर्मला, कृष्णमोहन– हिमा रहेका छन् भने छोरी ज्वाईहरुमा रुकमिणा– सोमनाथ बराल, चन्द्रकला– मोतिलाल बराल रहेका छन् ।
ओम प्रकाश स्वा. गौतमका जेठा छोरा हुन् । उनी नेपाली कांग्रेस बाह्रदशीका सभापति हुन् भने नेपाल रेडक्रस सोसाइटी झापाका कोषाध्यष हुन् । त्यस्तै बुहारी योगमाया स्वास्थ्यकर्मी हुन् ।
गौतमका अर्का छोरा रामकुमार शिक्षक हुन् । उनी दीपजन माविका शिक्षक हुन् । छोरी रुकमिणा पनि शिक्षक हुन् । उनी रामनगर आधारभूत विद्यालयमा कार्यरत छिन् ।

स्व. गौतमको आज कानकाई माईमा अन्त्येष्टि गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here