साप्ताहिक हाटबजारमा खसीबोका बिक्री

0
51

खाँदबारी,

पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् ।

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा रु ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो । खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैंँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ ।

साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताउनुभयो ।

सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो । किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन् ।

जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसँैको लागि ल्याइएको खसीहरु खरिद बिक्री गर्दै स्थानीय । अहिले खसीको मूल्य प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्म बिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here