काठमाडौँ,
काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ ।
कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो ।
उनीहरू दुवैजनालाई महाशाखाको टोलीले पक्राउ गरेर थप अनुसन्धानका निम्ति बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।
काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त ९पीसीबी०मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो ।
पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हत्कडी लगाउन उनीहरूले बिचौलियालाई हत्कडी समेत दिएको खुलेको छ ।
त्यति बेला उनीहरू रेस्टुरेन्टबाहिर बसेका थिए । लेदरको पैसा लिएर आएका युवकसामु देखिएका थिएनन् ।-योहो खबरबाट