अर्जुनधारामा लागूऔषध दुव्र्यसन बिरुद्ध साक्षरता तथा अन्तरक्रिया कार्यक्रम

0
29

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित सामुहिक उद्धार तथा उपकार संघको आयोजनामा शनिबार लागूऔषध दुव्र्यसन बिरुद्ध साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थानीयस्तरमा लागूऔषध सम्बन्धी सचेतना जगाउने उद्देश्यले संघका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रमका सहजकर्ता झापाको भद्रपुरस्थित चेतना नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीले सहजिकरण गरेको कार्यक्रममा ७५ जना बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा लागूऔषध, लागूऔषधको वर्गीकरण, प्रयोगकर्ताका लक्षण र असरहरु, दुव्र्यसनमा लाग्ने कारणहरु, दुव्र्यसनी पहिचान गर्ने तरीका, लागूऔषध र दुव्र्यसनमा के फरक छ, लागूऔषध कारोबार चक्र न्यूनिकरणमा देखिएका चुनौतीहरु, नियन्त्रणका प्रयासहरुलगायतका विषयमा सहभागीहरुलाई सहजिकरण गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुमध्ये प्रजित थापा, भानु जोशी, महेश ढकाल, राजेन्द्र कटुवाल, विशाल शिवाकोटीलगायतले जिज्ञासा एवम् सुझाव राखेका थिए । कार्यक्रममा वडाध्यक्ष गोविन्द खतिवडा, वडा सदस्य हरिबहादुर कटुवाल, सशस्त्र प्रहरी बल शनिश्चरे वेस प्रमुख दिव्यराज कोइराला, निवर्तमान अर्जुनधारा नगर कार्यपालिका सदस्य रमेशकुमार दर्जी, संघका सल्लाहकार शंकर सुवेदी, भूवनेश्वर शिवाकोटीलगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा संघकोतर्फबाट स्थानीय विपिन महतोलाई समाजको उदाहरणीय व्यक्तित्वकोरुपमा दोसल्ला ओढाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन अर्जुनधारा–८स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here