अजङ्गका भिराला पहाड लाङटाङ यात्रा

0
35

केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्किहाल्ने हाम्रो टिमको बानी थियो । विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त विश्वका एक दर्जनभन्दा बढी देशको भ्रमण गरिसकेको छु, तर शहरी क्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग घुमेपछि भने मलाई कम्तीमा वर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो त्यसैले लामो बिदा या चार्डपर्वको समयममा कतै घुमौं भन्ने योजना मनमनै बनाउँदै थिए । तिहारको टिका सकिएसँग घरमा एक्लै बसिरहको थिए । विवेक भान्जाको फोन आयो मामा लाङटाङ पदयात्रामा जाने ।

मैले नजाने केही तयारी छैन भने भान्जाले केही तयारी चाहिँदैन जुत्ता लुगा भए भइहाल्छ भने मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्षित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने राति अबेर भईसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि रु.२३०० मा जुत्ता किनेर ई–सेवा मार्फत रसुवाको स्mयापुबेसीसम्मको बस टिकट काटेर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइन् घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, तीन सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृग लगायत वन्यजन्तु पाइन्छन् । त्यसकारण पनि ती सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उद्देश्यले मन प्रफुल्ति भएको थियो ।

हुन् त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी चार जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौं । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तनमन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब छ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं । पानि परिरहेकोले प्लाष्टिकको छाता ओडेर स्याफ्रुबेशीमा डुनट र चिया खाएर हिँड्यौं बाटोमा लाङटाङ खोला जलविद्युत आयोजनाले २० मेगाबाटको विद्युतको लागि बाटो बनाएको रहेछ मोटरबाटो भए पनि मोटर चाहिँ नचल्ने आयोजनाका गाडीहरु मात्र चल्ने रहेछन् । बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कति पनि अलमल गरेनौं । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं ।

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं । बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि.) पुग्यौं यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन । हामी टिवेटन र बितायौं यही होटलमा खाना र बाँस बस्यौ प्रतिव्यक्ति रु. १५०० ति¥यौं ।

बिजुली बत्ती छैन, सोलारको धिपधिप उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ ।

ठाउँ–ठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौ । दुईवटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौ । झण्डै तीन घण्टाको हिँडाइपछि हामी ब्याम्बोबाट लामा होटल (२४१० मि.) पुग्यौं । यहाँ १०÷१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाठि बढ्यौ रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौं ।

अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तवेला पुगियो केही समय आराम गरेपछि हामी अगाडि बढ्यौं । झोलामा दिदीले हालीदिएको भाइमसला खादै हाम्रो यात्रा अगाडि बढायौं । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज (३२०० मि.) पुग्यौं । यहाँ दुई–तीन वटा होटल रहेछन् । हामी तिब्बत होटलमा बास बस्यौँ । भोलिपल्टको ब्रेकफास्टपछि फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न शुरू ग¥यो । लाङटाङ पुग्नुअघि म त बेस्सरी थाकेँ, हिँड्नै गाह्रो हुन थाल्यौ पदयात्रा छोडेर फक्र्यौं कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लगाएँ । त्यसपछि अलि आरामको महशुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाए एक गिलास जुसको तीन सय रुपैयाँका पर्दोरहेछ । लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ २०७२ सालको भूकम्पको क्षति रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि.) पुग्यौं ।

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो । त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलि–अलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने । सबै होटलमा सुकेको याक–चौंरीको मासु मात्र पाइने रहेछ । यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा (३८५० मि.)तिर निरन्तर अगाडि बढ्यौं । खुट्टा दुखेर हिँड्न नसक्ने अवस्था थियो तथापि बिस्तारै यात्रालाई निरन्तरता दिइरह्यौं । बाटोमा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दीत भयो । ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फूलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो ।

लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुईवटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि.) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए । क्यानजिन रि (४३५०) चढ्न तयारी थियो । तर, मलाई सन्चो नभएर मैले चाहिँ चढिन् । यसरी लाङटाङको यात्रा सफलता पूर्व पूरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजोअस्ति हिँडेका बाटाहरूसँग फेरि पिरती गाँस्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ ।

अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौं दिनको दिन काठमाडौं पुग्यौं । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्यूजिल्याण्डबासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिँडीरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थेँ । मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे । दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भू–स्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहा भोग्न पाउनु बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आन्नदको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्ने पर्ने गन्तब्य हो लाङटाङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here