वडा सदस्य ईन्दिरा चापागाईद्वारा सडकमा फोहोर खाँदै हिड्ने चौधरीको उद्धार

0
8

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ की वडा सदस्य तथा सामाजिक अभियन्ता ईन्दिरा चापागाई घिमिरेको पहलमा सडकमा फालेको फोहोर खाँदै हिड्ने टुन्का चौधरीको उद्धार गरिएको छ।

विगत लामो समय देखि मानसिक सन्तुलन गुमाएर  बेसहारा जीवन बिताईरहेका थिए चौधरी। उनी धेरै समय अघि देखि एउटा रूखको फेदमा दुई पाता टिनको छानो लगाएर झाडी भित्र आफनो जीवन गुजारी रहेका थिए। जस्तो बुवा,आम र दाई सबै गुमाईसकेका थिए।
गाउँ घर र मुख्य सडक बजारमा अरुले फालेका फोहोर खोजेर खादै हिड्दै  दैनिक आफ्नो जीवन चलाउदै आएका थिए।

हालसम्म पनि कतैबाट उनको उद्धार नभएपछि वड़ा सदस्य तथा सामाजिक अभियन्ता चापागाई घिमिरे अथक मिहेनत र प्रयासपछि सबै कानुनी प्रक्रिया पूरा गरेर उनीलाई मंगलबार हाम्रो घर आश्रम विर्तामोड झापा पुर्याएर आश्रममा राख्न सफल भएको नेकपा एमाले वडा नं ५ का अध्यक्ष बिशाल गुरागाईले जानकारी दिए।

उनलाई उद्धार गर्न आफ्नो र वडा श्याम खनालको पनि थोर बहुत सहयोग रहेको अध्यक्ष गुरागाईले बताए। साथै,उनको नागरिकता बनाउन सबै प्रमाण जुटाईसकेको र अब छिट्टै नागरिकता बनाउने तयारी रहेको चापागाईले बताईन्। यसरी एउटा साहारा बिहिन मानवलाई साहारा प्रदान गर्न अहोरात्र खटिने चापागाई घिमिरेलाई हामी सबैले सलाम गर्नेपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here