राप्रपा निरंकुश राजतन्त्रको पक्षमा हो ?

0
15

पुरातन शक्तिको रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राप्रपा नेपालको एक राजतन्त्रवादी र हिन्दु राष्ट्रवादी राजनीतिक दल हो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को वैकल्पिक शक्तिका रूपमा स्थापना गरिएको थियो । पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको थियो ।

२०६३ मा राजतन्त्रको अन्त्य भएसँगै नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गरिएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रलाई समर्थन गर्न र हिन्दु राज्यको पुनः स्थापनाको लागि काम गर्ने आफ्नो लक्ष्य बनाएको छ । यसको समर्थन समाजको ऐतिहासिक भाषा, अर्थ–व्यवस्था र धार्मिक पहिचानलाई कायम राख्न प्रयास गर्ने कुरामा रहेको छ । यो रुढीवादी र परम्परागत, दक्षिणपन्थी राजनीतिमा विश्वास गर्दछ । यो नेपालको एक प्रजातान्त्रिक दलको रूपमा विकास भइरहेको थियोे । तर राप्रपा आफ्नो बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रप्रतिको विश्वास र आस्थामा विखराव र विखण्डनको सिलसिला शुरु भएको हो कि भन्ने आशङ्का उठेको छ । आफूले निर्वाचनमा भाग लिएर जीत हासिल गरेको व्यवस्थाकै खिलाफमा उभिने क्रममा व्यवस्थाविरोधी गतिविधिमा राप्रपा सामेल भएर जाने अनुभूत गरिँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पञ्चायत कालको सत्तारुढ कुलीन वर्गले २०४७ साल जेठ १५ गते गठन गरेका थिए । २०४८ मा पार्टीमा आएको प्राविधिक मतभेदका कारण यो विभाजित हुन पुगेको थियो र दुई पार्टी एकै नाम, विचारधारा र विधानको साथ अस्तित्वमा आएका थिए। सूर्यबहादुर थापाको नेतृत्व र अर्का नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुई दल आम निर्वाचन २०४८मा सहभागी भएका थिए । दुबै दलले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा, थापाको पार्टीले एक सीट जितेको थियो जहाँ चन्दको पक्षले तीन सिट जितेको थियो । चुनाव पश्चात्, दुबै दलले एकीकरणको घोषणा गरेका थिए । पार्टीले पहिलो महाधिवेशन २०४९ सालमा काठमाडौँमा सम्पन्न गरेको थियो र सर्वसम्मतिले सूर्यबहादुर थापालाई यसको अध्यक्षमा चुनिएका थिए भने लोकेन्द्रबहादुर चन्द र राजेश्वर देवकोटालाई नेता र सह–अध्यक्ष चुनिएको थियो ।

आमनिर्वाचन २०५१मा, दलले १८% प्रतिशत मत प्राप्त गरेको थियो र प्रतिनिधि सभामा २० सिट जित्न सफल भएको थियो जसले गर्दा दल संसदको तेस्रो ठूलो दल बन्न पुगेको थियो । कुनै पनि पार्टीले बहुमत प्राप्त नगर्दा र उक्त दलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाली कांग्रेसको साथ गठबन्धन सरकारमा सामेल भएको थियो ।
२०६१ माघ १ तात्कालिक नेपालका राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरेर प्रत्यक्ष शासनको शुरु गरेसँग प्रजातन्त्र समर्थक आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेको थियो, तथापि, प्रवक्ता कमल थापा लगायत पार्टीका केन्द्रीय समितिका १० सदस्यहरूले राजालाई समर्थन गरेका थिए । पार्टीका मन्त्रीमण्डलका छ मन्त्रीहरूलाई निष्कासन गरिएको थियो र अन्ततः वि.सं. २०६३ पौष २६ मा, कमल थापाको नेतृत्वमा राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नै पार्टीको गठन गरेको थियो । गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम–व्यवस्थापिका संसदको गठन भए पश्चत्, यस दलले नौ सीटहरू सबैभन्दा ठूलो विपक्षी दल (प्रतिपक्ष दल)को रूपमा देखापरेको थियो ।

संविधानसभा निर्वाचन, २०६४मा, यसले समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत नेपालको संविधानसभाको लागि आठ सीट जितेको थियो । दलपछि माधवकुमार नेपालको नेतृत्वमा सरकारमा सामेल भएको थियो । २०७० मा, राष्ट्रिय जनशक्ति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गाभिएको थियो र सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गरेका थिए । संविधानसभा निर्वाचन २०७० मा, दलले १३ सीट जितेको थियो जसका कारण यो दोस्रो संविधानसभाको छैठौं ठूलो राजनीतिक दल बन्न पुगेको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को समर्थन र नेपाली कांग्रेससँगको गठबन्धन सरकारले पार्टीलाई नयाँ मन्त्रिपरिषदमा दुईवटा विभाग दिलाएको थियो ।

२०७३ मंसीर ६ मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरेका थिए । नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम रहेको थियो । नयाँ पार्टीको कुल सामथ्र्य ३७ रहेको थियो, जसले गर्दा यसलाई नेपालको संसदमा चौथो ठूलो दल बनाएको थियो । कमल थापा २०७३ फागुनमा काठमाडौंमा भएको एक विशेष महाधिवेशनमा पार्टीको अध्यक्षको रूपमा चुनिएका थिए । पार्टीको चुनावी प्रतिकको छनोटमा मतभेदका कारण दल पुनः विभाजित भएको थियो र डा. प्रकाशचन्द्र लोहनीले १६ चैत २०७३ मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरेका थिए । पशुपति शमशेर जङ्गबहादुर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे पश्चात् फेरि अर्को विभाजन भएको थियो । प्रतिनिधिसभा निर्वाचन, २०७४मा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का साथ गठबन्धन गरेको थियो । पार्टीले प्रतिनिधिसभामा केबल एक सीट जितेको थियो जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए । समानुपातिक प्रतिनिधित्वमा तीन प्रतिशत पार गर्न असफल भएपछि यो राष्ट्रिय पार्टी हुन असमर्थ भएको थियो । यसले १, ३ र ६ प्रदेश सभामा एक–एक सीट जितेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) २०७६ फागुन २९ मा कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै दलमा विलय भएको थियो ।

राजावादी दलहरू मध्ये सबैभन्दा ठूलो दल मानिएको राप्रपा विचारधारामा परिवर्तन हुँदै गएको छ । एउटा लोकतान्त्रिक दलको रूपमा विकास हुँदै गएको अपेक्षा गरिएको दल सक्रिय राजतन्त्र र लोकतन्त्रविरोधी दलको रूपमा रूपान्तरण हुँदै गएको छ । हालैका घटनाक्रमले राप्रपाभित्रको लोकतान्त्रिक र उदारवादी धार कमजोर हुँदै गएको छ । अब राप्रपा वैकल्पिक शक्तिका रूपमा नभएर लोकतान्त्रिक व्यवस्थाकै विकल्प खोज्ने दलको रूपमा रूपान्तरण हुँदो छ । क्रमशः उदारवादी सोच कमजोर हुँदो छ । उग्र दक्षिणपन्थी र निरङ्कुशता पक्षधर शक्तिको आडमा राप्रपा कमजोर बनाउने र विभाजनको बीऊ रोप्ने कार्य हुँदैछ ।

नवराज सुवेदी जस्ता घोर दक्षिणपन्थी र सक्रिय राजतन्त्र पक्षधर नेतृत्व र छिमेकी मित्रराष्ट्रको सत्तारूढ दलको समर्थन आफूसँग रहेको दावी गर्ने, आफूलाई हिन्दुराज्य र राजतन्त्र स्थापनालाई मूल लक्ष्य बनाउने अभिष्ट राख्ने झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फिल्ड कमाण्डर रहेको राजतन्त्र पुनःस्थापनाको आन्दोलनलाई नैतिक समर्थन गर्दै पार्टीका शीर्ष नेताहरू धबल शम्शेर राणा र रवीन्द्र मिश्र लगायत सडकमा उत्रने कामले राप्रपाको विचारधारामा समस्या शुरु भएको मान्न सकिन्छ । यस्तो हुनुमा पूर्व राजा ज्ञानेन्द्र शाहको दवाव र दरबारिया भारदारिया शक्तिको उक्साहट रहेको विश्लेषण गरिएको छ । पार्टी विभाजन हुने हो कि भन्ने राप्रपा नेतृत्व रहेको बुझाइमा पनि आशङ्का उब्जिएको छ । तसर्थ, निष्कर्षमा भन्न सकिन्छ – राप्रपा निरङ्कुश र अलोकतन्त्रवादी धारतर्फको मार्गमा अग्रसर भएमा राप्रपालाई क्षति पुग्छ, मुलुकलाई पनि पीडा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here