धरानमा यौन दुव्यर्वहार, खुकुरी प्रहार र चोरी गर्ने आरोपी सार्वजनिक

0
78

योगेन्द्र योगी
बिराटनगर,

इलाका प्रहरी कार्यालय धरानले पछिल्लो समय धरानमा घटेका तीन वटा अपराधिक घटनाका आरोपीहरुलाई पक्राउ सार्वजनिक गरेको छ ।

धरान १६ स्थित नौलो बस्तीमा १२ बर्षीय बालिकामाथि यौन दुव्यर्वहार गर्ने,वडा नं १० स्थित भिआरसि चोकमा खुकुरी प्रहार गर्ने १-१ जान र तीन महिना अघि चोरी भएको आरोप लागेका ३ जनालाई सार्वजनिक गरेको हो।

धरानमा मेयर हर्क साम्पाङको अगुवाइमा भइरहेको श्रमदानका क्रममा १२ वर्षीया बालिकामाथि यौ’न दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरी सार्वजनिक गरीएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले पत्रकार सम्मेलन मार्फद जानकारी दिए ।

धरान बहुभाषिक पाठशाला निर्माणका लागि भइरहेको श्रमदानमा सहभागी राईमाथि बालिकालाई फकाएर खोल्सातिर लगेर हातपात गर्ने प्रयास गरेको आरोप लागेको थियो। बालिकाकी आमासँगै श्रमदानमा सहभागी भएको बेला उक्त घटना भएको थियो।

पीडकलाई भगाउन सहयोग गरेको आरोपमा अन्य दुईजनाविरुद्ध समेत जाहेरी परेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी जबेगुले बताए । यस्तै, खुकुरी प्रहार गरी आतंक मच्याउने १८ बर्षीय साइमन चौधरी, २१ -२१ बर्षीय पासाङ शेर्पा र प्रशान्त प्रधानलाई पक्राउ सार्वजनिक गरेको छ। उक्त घटनामा संलग्न अन्यको व्यक्तिहरुको पनि खोजीकार्य भइरहेको डीएसपी जबेगुले बताए ।

यसैगरी, धरान १५ की पवित्रा मगरको घर फोडेर नगद, सुनचाँदीको गरगहना चोरी गरेर फरार भएका काभ्रोपलाञ्चोकको बेथानचोक गाउँपालिका ६ भञ्ज्याङ बस्ने ४१ बर्षीय सोनाम लामालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामाले धरानको २ वटा घरमा चोरी गरेका थिए।

उक्त २ घरबाट ४ लाख ४९ हजार ६ सय नगद, २ तोला सुन र १७ तोला चाँदी चोरी गरेक अनुसन्धानबाट खुल्न आएको प्रहरी जनाएको छ। उनीहरु सबैको थप अनुसन्धान कार्य भईरहेको प्रहरी जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here